डच खेलाडीले म्यानचेष्टर सिटीलाई लगाए गम्भीर आरोप

काठमाडौं । नेदरल्याण्डसका मिडफिल्डर जभाइरो डिलरोसनले आफ्नो पूर्व क्लब म्यानचेष्टर सिटीमाथी गम्भीर आरोप लगाएका छन् ।

क्लबले आफ्ना खेलाडीहरुलाई व्यापारिक वस्तुको रुपमा मात्र व्यवहार गर्ने गरेको जभाइरोको भनाइ रहेको छ ।

म्यानचेष्टर सिटीको यू–२३ टोलीबाट माथी उठ्न नसकेका उनलाई यहि वर्षको मे महिनामा जर्मनी क्लब हेर्था बर्लिनमा स्थानान्तरण गरिएको थियो । त्यसयता उनले बुल्डेसलिगामा १२ खेल खेलिसकेका छन् ।

क्लबको व्यवस्थापन प्रति तिब्र असन्तुष्टी देखाउँदै उनले भने, ‘कम्पनी जस्तो छ म्यानचेष्टर सिटी’ उनले ईएलफ भोयट्बलसँग कुरा गर्दै भनेका छन्, ‘खेलाडि चाहिं उनिहरुको व्यापारिक वस्तु ।’   

२० वर्षिय जभाइरोले सिटीमा हुँदा आफुलाई मेनेजर पेप गार्डिओलाले व्यक्तिगत रुपमा प्रभाव पारेको भन्दै प्रशंसा गरेका छन् । उनले भने, ‘मैले गार्डिओलासँग आमनेसामने भएर धेरै कुरा गरेको हैन, तर मैले उनलाई हेरेरै पनि धेरै सिके ।’

उनि थप्छन्, ‘उनले केहि साह्रै राम्रा सल्लाह दिए, जसले मलाई राम्रो खेलाडि बनायो । साथै उनि आफ्नो रणनिती खेलाडीलाई बुझाउन अति सक्षम छन् ।’
जभाइरोले डच क्लब एएफसी अयाक्सबाट सिटीमा सन् २०१४ मा आएर २०१८ सम्म बस्ने क्रममा ४ वर्ष बिताएका थिए ।

उनले आफ्नो पूर्व क्लब एएफसी अयाक्स प्रति पनि आफ्नो धारणा व्यक्त गरेका छन् । उनले भने, ‘धेरै युवा मिडफिल्डरहरु अयाक्समा शिक्षा लिन्छन्, तर व्यवयासयिक यात्रा भने अन्तै शुरु हुन्छ , यो वास्तवमै अचम्मलाग्दो छ । ’

उनि थप्छन्, ‘अयाक्सले मलाई करार गर्नको लागि धेरै समय लगायो । उनिहरुले केहि गलत गरे भन्न खोजेको हैन, तर उनिहरुको धारणा परिवर्तन भएको होला जस्तो लाग्छ ।’

‘अहिलेका यूवा खेलाडीहरुले १६ वर्षमै करार गरिसकेका हुन्छन् । उदाहरणको लागि रायन ग्रावेनबर्चलाई हेरौं, उनि अद्भुद खेलाडी पनि हुन् । ’
अयाक्स अहिलेको घरेलु सिजनको अंक तालिकामा दोश्रो स्थानमा छ भने म्यानचेष्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानमा छ ।

 

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले

विश्वकपमा पाकिस्तानको यस्तो संयोग, उपाधि जित्ने दाबी

एजेन्सी । विश्वकप क्रिकेट २०१९ को सरगर्मी चलिरहेको छ । प्रतियोगितामा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाले बलियो प्रदर्शन गरिरहेका छन् । यी तीनै टोली

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया

लन्डन, ११ असार । इंग्ल्यान्डमाथि ६४ रनको सहज जित हात पारेपछि अस्ट्रेलिया मंगलबार विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । सात खेलमा छैटौं जित हात

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई