डच खेलाडीले म्यानचेष्टर सिटीलाई लगाए गम्भीर आरोप

काठमाडौं । नेदरल्याण्डसका मिडफिल्डर जभाइरो डिलरोसनले आफ्नो पूर्व क्लब म्यानचेष्टर सिटीमाथी गम्भीर आरोप लगाएका छन् ।

क्लबले आफ्ना खेलाडीहरुलाई व्यापारिक वस्तुको रुपमा मात्र व्यवहार गर्ने गरेको जभाइरोको भनाइ रहेको छ ।

म्यानचेष्टर सिटीको यू–२३ टोलीबाट माथी उठ्न नसकेका उनलाई यहि वर्षको मे महिनामा जर्मनी क्लब हेर्था बर्लिनमा स्थानान्तरण गरिएको थियो । त्यसयता उनले बुल्डेसलिगामा १२ खेल खेलिसकेका छन् ।

क्लबको व्यवस्थापन प्रति तिब्र असन्तुष्टी देखाउँदै उनले भने, ‘कम्पनी जस्तो छ म्यानचेष्टर सिटी’ उनले ईएलफ भोयट्बलसँग कुरा गर्दै भनेका छन्, ‘खेलाडि चाहिं उनिहरुको व्यापारिक वस्तु ।’   

२० वर्षिय जभाइरोले सिटीमा हुँदा आफुलाई मेनेजर पेप गार्डिओलाले व्यक्तिगत रुपमा प्रभाव पारेको भन्दै प्रशंसा गरेका छन् । उनले भने, ‘मैले गार्डिओलासँग आमनेसामने भएर धेरै कुरा गरेको हैन, तर मैले उनलाई हेरेरै पनि धेरै सिके ।’

उनि थप्छन्, ‘उनले केहि साह्रै राम्रा सल्लाह दिए, जसले मलाई राम्रो खेलाडि बनायो । साथै उनि आफ्नो रणनिती खेलाडीलाई बुझाउन अति सक्षम छन् ।’
जभाइरोले डच क्लब एएफसी अयाक्सबाट सिटीमा सन् २०१४ मा आएर २०१८ सम्म बस्ने क्रममा ४ वर्ष बिताएका थिए ।

उनले आफ्नो पूर्व क्लब एएफसी अयाक्स प्रति पनि आफ्नो धारणा व्यक्त गरेका छन् । उनले भने, ‘धेरै युवा मिडफिल्डरहरु अयाक्समा शिक्षा लिन्छन्, तर व्यवयासयिक यात्रा भने अन्तै शुरु हुन्छ , यो वास्तवमै अचम्मलाग्दो छ । ’

उनि थप्छन्, ‘अयाक्सले मलाई करार गर्नको लागि धेरै समय लगायो । उनिहरुले केहि गलत गरे भन्न खोजेको हैन, तर उनिहरुको धारणा परिवर्तन भएको होला जस्तो लाग्छ ।’

‘अहिलेका यूवा खेलाडीहरुले १६ वर्षमै करार गरिसकेका हुन्छन् । उदाहरणको लागि रायन ग्रावेनबर्चलाई हेरौं, उनि अद्भुद खेलाडी पनि हुन् । ’
अयाक्स अहिलेको घरेलु सिजनको अंक तालिकामा दोश्रो स्थानमा छ भने म्यानचेष्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानमा छ ।

 

 इपिएलमा चितवनको तेश्रो हार, भैरहवा १२ रनले विजयी  

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई १२ रनले हराएको छ ।  टस जितेर चितवनले

करन केसीले सुपर ओभरमा जिताए विराटनगरलाई

काठमाडौं, २५ मंसिर । लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाएको विराटनगरले अन्तिम ओभरमा २ रन बनाउनु पर्नेमा १ रन बनाइ थप १ विकेट गुमाएपछि पोखरासँगको

चौथो पटक क्लब विश्वकप जित्ने रियल मेड्रिडको तयारी

काठमाडौं । च्याम्पीयन्स लिग विजेता रियल मेड्रिडले आगामी क्लब विश्वकप जित्दै चार पटक उपाधी जित्ने किर्तिमान कायम गर्ने तयारी गरेको छ । बुधबार शुरु

रोनाल्डोले मेस्सीलाई इटाली आउन भनेपछि..

काठमाडौं । युभेन्टसका सुपरस्टार क्रिश्टीयानो रोनाल्डोले प्रतिस्पर्धी खेलाडि लियोनल मेस्सीलाई सिरी आ प्रतियोगिता खेल्नको लागि इटाली आउन सुझाव