आर्थिक नीतिमा केन्द्रीत हुँदै कांग्रेस बैठक

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आर्थिक नीतिमा केन्द्रीत हुने भएको छ ।

हिजोसम्म संशोधित विधान मस्यौदा प्रतिवेदनमाथि केन्द्रीत कार्यसमिति बैठक आजदेखि आर्थिक नीतिमा छलफल हुने जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, बिहीबारको बैठकमा केही केन्द्रीय सदस्यले विधानको मस्यौदा प्रतिवेदनमाथि पनि बोल्ने छन् ।

बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, महेन्द्र यादव, गुरुराज घिमिरे, अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले संशोधित विधानको मस्यौदामाथि आ–आफ्नो धारणा राखेका थिए । अधिकासं केन्द्रीय सदस्यहरुले समावेशीताको आधारमा पदाधिकारी संख्या बढाउनु पर्ने भनाइ राखेका थिए ।

सभापतिलाई काम गर्न सहज बनाउन अधिकार बढाउनु पर्ने, सदस्य संख्या थप्नु पर्ने, क्रियाशिल र साधारण सदस्यता राख्नु पर्ने लगायतका विषयमा केन्द्रीय सदस्यरुले जोड दिएका थिए । त्यस्तै, उमेर हद राख्नु पर्ने, गुटउपगुट अन्त्यका लागि बहुपदमा एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउनु पर्ने केन्द्रीय सदस्यहरुको भनाइ थियो ।

बुधबारको बैठकमा समग्र आर्थिक नीति प्रस्ताव समितिका तर्फबाट सहमहामन्त्री एवं समितिका संयोजक डा.प्रकाशशरण महतले पार्टीको समग्र आर्थिक नीतिको प्रस्ताव प्रस्तुत गरेका छन् । त्यसमाथि आजदेखि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

यस अघि विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले ९ मंसिरमा संशोधित विधानको मस्यौदा पेश गरेका थिए ।

केन्द्रीय कार्यसमितिमा छलफल पछि यि दुवै प्रतिवेदन महासमिति बैठकमा प्रस्तुत गरिने छन् । कांग्रेस महासमितिको बैठक २८ मंसिरदेखि ३ पुससम्म काठमाडौंमा हुँदैछ ।

 

रुकुमको बजेट पनि झापा लैजान प्रधानमन्त्रीलाई सुझाव

 काठमाडौं । सत्तारुढ दलका एकजना सांसदले रुकुम जिल्लाको बजेट पनि  झापा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । दुर्गम जिल्ला

संसदमा जंगिए देउवा

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा संसदमा जंगिएका छन् । मंगलबार संसदमा आफूलाई बोल्न नदिएको विषयमा

संसदको ‘टसल’ सामाजिक सञ्जालमा

काठमाडौं, ४ असार । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले मंगलबार बोल्न लाग्दा कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । बैठकबाट

सभामुखले बोल्न समय उपलब्ध नगराएको कांग्रेसको आरोप

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग