फरार रहेका  रत्नसागर मन्दिरका महन्त वैकुण्ठ दास पक्राउ

जनकपुरधाम,२० मंसिर । मन्दिरको जग्गा बेचेको आरोपमा जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त वैकुण्ठ दास पक्राउ परेका छन् । किर्ते जालजासी गरी मठमन्दिरको जग्गा बेचविखन गरेको आरोपमा  महन्त दासलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाले उनलाई पक्राउ गर्न आदेश जारी गरेपछि उनी फरार भएका थिए । जनकपुरधाम–८ स्थित हजारी जनक विद्यापीठको नाउँमा रहेको जग्गा महन्त दास र उनका सहयोगी अशोक शर्माले मिलोमतो गरी किर्ते गरेको आरोप छ । दासका सहयोगी शर्मालाई प्रहरीले यसअघि नै पक्राउ गरी सकेको छ । 

साढे दुई अर्बभन्दा बढी मूल्य बराबरको विद्यापीठले भोगचलन गर्दै आइरहेको गुठीको उक्त जग्गाको संरक्षक दास र मोही शर्मालाई बनाइएको छ । हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको साढे दुइ बिघा जग्गा महन्त दासले नक्कली लालपुर्जा बनाइ हडपेको भन्दै प्राचार्य विजय चौधरीले अदालतमा मुद्दा दायर गरेका थिए । 

केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई उपलब्ध गराएको उक्त जग्गामा क्याम्पस व्यवस्थापनले घेराबेरा गरी भौतिक संरचनासमेत निर्माण गरिसकेको छ ।

मृत्यु भैसकेका कर्मचारीको सडक विभागमा सरुवा !

काठमाडौं । कर्मचारी समायोजनका क्रममा १५ वर्ष अघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको

अभद्र व्यवहार गर्ने विद्यार्थी पक्राउ

चितवन, ७ जेठ । प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ

अठचालीस मेनपावरको कारोवार बन्द

काठामडौँ, ७ जेठ । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका

फोक्सुण्डोमा युवा मृत फेला

खलङ्गा ७ जेठ । डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव