ह्वावेइ मोबाइल कम्पनीकी आर्थिक मामिलासम्बन्धी प्रमुख मङ्ग वान्जू पक्राउ

काठमाडौ,२० मंसिर । चिनियाँ मोबाइलफोन कम्पनी ह्वावेइकी उपाध्यक्ष मङ्ग वान्जू क्यानडामा पक्राउ परेकी छन् । क्यानडाका अधिकारीहरूले अमेरिकाको सुरक्षा निकायको आग्रहमा ह्वावेइकी उपाध्यक्ष तथा आर्थिक मामिलासम्बन्धी प्रमुख समेत रहेकी मङ्ग वान्जूलाई पक्राउ गरेका जनाएको छ । 
चिनियाँ मोबाइलफोन कम्पनी ह्वावेइकी उपाध्यक्ष पनि रहेकी मङ्ग वान्जूलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको क्यानडाको न्यायमामिलासम्बन्धी मन्त्रालयले बताएको छ।

ह्वावेइकी संस्थापककी छोरी पनि रहेकी मङ्गलाई अमेरिका सुपुर्दुगी गराउनेसम्बन्धी एउटा सुनुवाई यहि शुक्रवार हुँदैछ।

ह्वावेइले मङ्गमाथि लगाइएका अभियोगहरूबारे आफूसँग निकै कम जानकारी भएको र उनले केही गल्ती गरेको बारे आफू जानकार नभएको बताएको छ। एउटा हवाई उडानबाट अर्को हवाई उडानका लागि गइरहेका बेला उनलाई नियन्त्रणमा लिइएको सो कम्पनीले बताएको छ।
हिरासतमा लिइएकोबारे प्रकाशनमा रोक लगाउनेसम्बन्धी मङ्गले गरेको आग्रह र अदालतहरूको आदेश भन्दै मङ्गलाई हिरासतमा लिइएको विषयबारे क्यानडाका न्यायमामिला मन्त्रालयका प्रवक्ताले थप खुलाउन अस्वीकार गरेका छन्।

लोकसभा निर्वाचनमा शुन्य हात लागेका लालु राँची अस्पतालमा

  नयाँदिल्ली । कुनै समय राजनीतिका सफल खेलाडि मानिएका बिहारका पुर्व मुख्यमन्त्री लालु यादव यसपटक आफ्नो राज्यमा एकसिट पनि जित्न नसकेपछि राँचीको एक

मोदी  र इमरानले फोनमा कुराकानी गरे

नयाँदिल्ली । भारत र पाकिस्तानका शीर्ष नेताबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । गत फेब्रअरीमा

 आतङ्कवादीका बैंक खातामा एक अर्ब भेटियो

कोलम्बो । श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ट प्रहरी अधिकारीले बताएका छन् । उनीहरु

 मोदी संसदीय दलको नेतामा सर्वसम्मत  

नयाँ दिल्ली । भारतीय जनता पाटी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री