देशैभरिको तामक्रम दिनप्रतिदिन ओरालोः काठमाडौ उपत्यकामा आज यो वर्षकै धेरै जाडो

काठमाडौ,२० मंसिर । काठमाडौ उपत्यकासहित मुलुकका विभिन्न भागमा दिनदिनै तामक्रम ओरालो लाग्नेक्रम जारी छ । पश्चिमी वायुका कारण दिनप्रतिदिन तापक्रम ओरालो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

आज काठमाडौं उपत्यकामा यस वर्षकै न्युन तापक्रम मापन गरिएको छ । जाडो अझै बढ्दै जाने महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको छ ।

महाशाखाले आज बिहान साढे ६ बजेको तापक्रम यो वर्षमा अहिलेसम्मको कम रहेको जनाएको छ । महाशाखाका अनुसार तापक्रम घट्ने र जाडो बढ्ने क्रम अझै जारी रहन्छ ।

महाशाखाका अनुसार मध्य र पश्चिम पहाडका उच्च भागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ । साथै उच्च हिमाली भागमा हिमपात हुनेछ ।

सिकारु चालकले गाडी चलाउँदा चारजनाको ज्यान गयो 

बागलुङ, ९ फागुन । चार जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ध१ज ७९१ नंको

 रहेनन् साहित्यकार शिव रेग्मी 

काठमाडौं । वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार दिउँसो ७८ वर्षको निधन भएको छ ।  विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मिएका

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

पर्वत, ८ फागुन । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार

पर्यटन बोर्डमा धमला र पौडेल नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त गरिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक