संघीय समाजवादी फोरमको राजनीतिक समितिको बैठक बस्दैः सरकारको समिक्षा गर्ने

काठमाडौ,२० मंसिर । सत्तारुढ दलको एक घटक संघीय समाजवादी फोरम नेपालको राजनीतिक समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठकमा समसायमिक राजनीतिक विश्लेषणसहित सरकारको कामकारवाही बारे छलफल हुने जनाइएको छ । बैठकले शनिबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा पनि तय गर्नेछ ।

फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले राजनीतिक समितिको बैठकको लागि समसामयिक राजनीतिक विश्लेषण, सरकारको समीक्षा र महाधिवेशनको तयारीबारे छलफल गर्ने एजेन्डा तय भएको जानकारी दिए । पार्टी अध्यक्ष उपेन्द्र यादव पार्टीको तर्फवाट नेतृत्व गरेर  सरकारमा सहभागि छन् ।

पछिल्लो समय एकपछि अर्को गर्दै सरकार विवादमा आइरहेका वेला सहयात्री दल फोरमले सरकारको समीक्षा गर्न लागेको हो । बैठकमा पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूले गरेको कामको समीक्षासहित समग्र सरकारको समीक्षा गर्न लागेको फोरमले जनाएको छ ।

 
स्रोतका अनुसार अघिल्लो राजनीतिक समितिको बैठकमा उपाध्यक्ष रेणु यादवले दिएको राजीनामाका विषयमा भने आज बस्ने बैठकमा छलफल गर्ने एजेण्डा नरहनेको जनाएको छ । फोरम स्रोतका अनुसार रेणुलाई कारबाही गर्ने विषय राजनीतिक समितिभन्दा केन्द्रीय समिति बैठकमा उठ्नेछ ।

केन्द्रीय उपाध्यक्ष रेणु यादवले पार्टी नीतिविपरीत काम गरेको भन्दै केही समयअघि पार्टीमा विरोध भएको थियो । रेणुले संविधान दिवस (३ असोज) लाई कालो दिनका रूपमा मनाउने निर्णय गरेर प्रदेश २ मा आन्दोलन गराएकी थिइन् । महासचिव रामसहाय यादवले त्यही मुद्दामा टेकेर कारबाहीको माग गरेका थिए ।

फोरम स्रोतका अनुसार रेणुले केन्द्रीय उपाध्यक्ष, प्रदेश २ समितिको अध्यक्ष र प्रदेश २ को इन्चार्ज गरी तीनवटा पद लिएको भन्दै विरोधसमेत भइरहेको छ । पार्टीमा विरोध भएपछि रेणुले राजनीतिक समितिको अघिल्लो बैठकमा राजीनामा दिएकी थिइन् । तर, राजीनामा स्वीकृत भएको छैन् ।

यसैबीच, राजनीतिक समितिको बैठकमा पार्टीको आगामी महाधिवेशन बारे पनि छलफल हुनेछ । फोरमले माघको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, अहिलेसम्म महाधिवेशनको तयारी भएको छैन ।

जिल्ला अधिवेशन पनि भएको छैन । स्रोतका अनुसारवडादेखि जिल्लासम्मका अधिवेशन गर्नेबारेमा अहिलेसम्म तयारी नै नभएकाले केन्द्रीय महाधिवेशन सर्ने निश्चित छ ।

देउवाले शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने

पर्सा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने चेतावनी दिएका छन् । यहाँ आयोजित

‘राजतन्त्र हटाउन हतार गरियो’: प्रा.डा. ढुंगेल 

काठमाडौं, ८ फागुन । एकजना प्राध्यापकले नेपालबाट राजतन्त्र हटाउन हतार गरिएको विश्लेषण गरेका छन् । उनले भनेका छन्–‘राजा आउने वा नआउने भन्ने कुरा

सरकारले यसरी बिताएछ वर्षदिन

सरकारको कामको समीक्षा दिनदिनै भएकै हुन्छ । हाम्रो प्रचलन बनेको छ– पहिलो सय दिन र वर्षदिन । सय दिन विरुवाको पात हेर्ने– चिल्लो देखिन्छ कि खस्रो । एक

 नेविसङ्घको तदर्थ समिति बनाइँदै

काठमाडौं । नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय