पशुपतिलगायत शिवालयमा छरियो शतबीज

काठमाडौ,२० मंसिर । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् ।
बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ । 
हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन् । 
त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ । 
यस वर्ष बाला चतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य–सचिव डा. प्रदीप ढकालले बताए ।

यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको थियो । विगत वर्षमा त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु भक्तजन चिसोले कठ्याङ्ग्रिने गरेका थिए । 
पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार अघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरेका छन् ।

बाला चतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि पूजा गर्ने गर्दछन् । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।(रासस)

छोरी जन्मिए २० वर्षसम्म भत्ता पाइने

दाङ, ३ असार । तुलसीपुर उपमहानगरपालिकाले ‘स्र्माट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले

लिची खाँदै हुनुहुन्छ ? होसियार ! भारतमा एक सय बालबालिकाको मृत्यु

लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

अनि हाँसो गुञ्जिरह्यो...

बागलुङ, २ असार । प्रेक्षालय खचाखच छ । मानिसहरू पलेँटी कसेर बसेका छन् । मञ्चपट्टि छन्, योगगुरु डा योगी विकासानन्द । योग प्रवचन र अभ्यास चलिरहेको छ ।

यस्ता छन् पाकेटमारका कोड भाषा

काठमाडौं, २ असार । सार्वजनिक यातायातमा पाकेटमारहरुको बिगबिगी बढिरहेको बेला प्रहरी स्वीप अपरेशन चलाएको छ । प्रहरीको अप्रेशनमा पाकेटमार मात्रै परेनन्