केही मीठो बात गर...

काठमाडौँ, १९ मंसिर । नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्को लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ ।

‘केही  मीठो बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकैछु बिथोल्न नआउ’, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाए, सबै गीत त्यति नै उचाइका छन् ।

२०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेर साङ्गीतिक यात्र शुरु गरेका थिए, उनले । सबैभन्दा पहिला उनले साथी माणिकरत्न स्थापितको घरमा बसी उनका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिके । पहिलो पटक उनले त्रिचन्त्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाएका थिए ।

उनका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तवार्तामा नारायण गोपालका बारेमा भनेका छन, ‘नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उहाँको गीत जति उचाइमा छ, उहाँको मूर्तिको पनि कुनै मूल्य छैन ।’ उनलाई स्वर सम्राटको उपमा दिइरहँदा स्वयं नारायण गोपालले आफूलाई स्वरसम्राट भन्न नरुचाउने व्यक्ति थिए ।

‘यो सम्झिने मन छ, म बिर्सुँ कसोरी
तिमी नै भनिदेउ ए... जाने निठुरी’

दिनेश अधिकारीको रचनामा नारायण गोपालले गाएको यस गीतमा पङ्कज सिग्देलले सङ्गीत दिए । आजभोलिका गायकले शब्दको चयन नै नगरी गाएजस्तो उनको स्वभाव नरहेको सङ्गीतकार बुलु मुकारुङ बताए ।

‘उहाँलाई कुनै शब्द मन नपरे, त्यो गीत गाउनुहुन्नथ्यो, त्यसैले कसै कसैले उहाँलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उहाँ त्यस्तो हुुनुहुन्न थियो,’ मुकारुङले थपे, ‘उहाँ बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउनुहुन्थ्यो ।’ उनलाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन् । तर यथार्थमा उनलाई बद्नाम गराउन खोज्नेले त्यस्तो उपमा दिएको मुकारुङको भनाइ छ । ‘आजभोलि नपिउने त को नै होलान र !,’ उनले आक्रोस पोखे । ्

नारायण गोपालको भेट दार्जिलिङ यात्राका क्रममा त्यहाँका सङ्गीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उनको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा उनीहरुको मितेरी साइनोसमेत जोडिएको थियो ।

नारायण गोपालले धेरैजसो योञ्जनका गीत नै गाएका थिए । उनलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रुपमा लिइने गरिन्छ । योञ्जनसँगै उनले आसामका हरिभक्त कटुवालका गीतसमेत गाए । ‘जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ’ बोलको गीत उनले गाएका थिए ।
दार्जिलिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग पनि भएको थियो । त्यो भेटघाटले प्रेमको रुप लिई विवाहसमेत भएको थियो । पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उनको परिवारिक सम्बन्धमा केही चिसोपना आएको थियो । जसका कारण नारायण र मेमला परिवारसँग  छुट्टिएर बसेका थिए ।

नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको भएपनि नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभाव रहेको सङ्गीतकार भूपेन्द्र रायमाझी बताए । सङ्गीतकार रायमाझी भने, ‘उहाँको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन ।’ उनले आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग सङ्गत गरेको रायमाझीको भनाइ छ । आफूले एकपटक भेटेको व्यक्तिलाई उनी कहिल्यै पनि नभुल्ने गरेको रायमाझीले बताए ।

नारायणगोपालले आधुनिक मात्र नभई देशप्रेमका साथै चलचित्रमा समेत स्वर दिएका छन् । उनले गाएको ‘जाग लम्क चम्क हे नौजवान हो’ बोलको गीत आज पनि उत्तिकै कर्णप्रिय छ । ‘नारायण गोपाल एकल साँझ’ ले उनलाई अझै चर्चाको शिखरमा पु¥याएको थियो । उनले आफ्ना समकालीन ‘तारादेवी’, ‘नातिकाजी’, ‘शिवशङ्कर’, ‘रत्नदास’, ‘प्रेमध्वज प्रधान’, ‘बच्चु कैलाश’ लगायतका गायक गायिकासँग पनि विभिन्न गीतमा स्वर दिएका छन् । ‘हे कान्छा ठट्टैमा यो बैँस खेर जान लाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला’ बोलको गीतमा नारायण गोपाल र तारादेवीले स्वर दिएका छन। आज यो गीतमा अन्य शब्द घुसाएर नयाँ रुप दिइएको छ ।

उनले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशम्शेर थापा, कञ्चन पुडाशैनीलगायतको शब्दमा स्वर दिएका छन् । ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’ उहाँका गीतका प्रमुख विशेषता हो । उनले पहिलोपटक प्रेमध्वज र माणिकको सङ्गीतमा गीत गाएका थिए । राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रुपमा कार्यरत उनमा कहिल्यै पनि घमण्ड भने थिएन ।

नाचघरमा उनी कार्यरत रहँदा चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी सङ्गीतका क्षेत्रमा नाचघरमा काम गर्ने उद्देश्यले पुगेका थिए । त्यही भेटमा नारायण गोपालले ‘अहिले खाली छैन, पछि काम पर्दा म आफैँ बोलाउँछु’ भनेको कुरा अझै सायमी स्मरण गर्छन् । पछि २१ मंसिर, २०३९ मा सायमीलाई कार्यक्रम सञ्चालन गर्नका लागि बोलाएका थिए ।

सोही भेटघाटपछि दुईजनाबीच आत्मियता बढ्दै गएको उनले बताए । रायमाझीले भने, ‘सायद नारायण गोपालजस्तो गायक अबको १०० वर्षपछि पनि जन्मन सक्दैन ।’ नारायणगोपाल जस्तो कामप्रति लगाव र झुकाव अहिलेका कुनै पनि कलाकारमा नरहेको उनको भनाइ छ । उनले भने, ‘उहाँ आर्थिक अभावमा कहिल्यै पनि अरुसँग सम्झौता गर्नुहुन्नथ्यो र आफ्नो प्रशंसा पनि रुचाउनुहुन्नथ्यो ।’

कलाकार चन्द्रमानले तेह्र टुक्रा ढुङ्गा जोडेर बनाए मञ्जुश्रीको मूर्ति

काठमाडौं । कीर्तिपुरको चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिले यहाँको शोभा बढाएको छ । ढुङ्गाबाट निर्मित ३३ फिट अग्लो उक्त मूर्तिका कारण

रजनीकान्तको ‘२.०’ले एक हजार करोड कमाउने आंकलन

काठमाडैं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको ‘२.०’ फिल्मले एक हजार करोड कमाउने आंकलन गर्न थालिएको हो । यसले ११ दिनमा ६२० करोड भारतीय रुपैयाँ कमाइ

क्याट्रिनाको डान्सले गीतको टिजरनै हिट

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जिरो’को एउटा गीतको टिजर नै हिट भएको छ । त्यो शाहरुखका कारण भने होइन । अभिनेत्री

तमिलनाडुको मुख्यमन्त्री बन्दै रजनीकान्त

काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई मतिलनाडुको मुख्यमन्त्रीका रुपमा देख्न पाइने भएको छ । यो ‘रियल’मा भने होइन, ‘रिल’मा