नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लगिने

काठमाडौं, १९ मंसिर । नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लग्ने तयारी भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी बताएका छन् ।

बुधबार संसद्को सार्वजनिक लेखा समितिमा जवाफ दिदै मन्त्री अधिकारीले कम्पनीमा मोडलमा लगेर साझेदार भित्र्याउने प्रक्रिया अगाडी बढाएको बताए । निगम घाटामा गइरहेकाले नयाँ तरिकाले सोच्नु पर्ने आवश्यकता देखिएको उनको भनाइ थियो ।

निगमलाई कम्पनीमा मोडलमा लग्नका लागि सम्पत्ती मूल्यांकन गर्नु पर्ने बताउँदै त्यसका लागि मन्त्रालयले निर्णय गरिसकेको मन्त्री अधिकारीले बताए । निगम कम्पनीमा गइसकेपछि साझेदार भित्र्याइने बताए । त्यसका बारेमा भने पछि निर्णय हुने उनको भनाइ थियो ।

निमगले अर्थमन्त्रालयसँग रकम माग गरेको तर, अर्थमन्त्री युवराज खतिवडाले रकम दिन नसकिने बताएपछि साझेदार खोज्न तर्फ लागिएको मन्त्री अधिकारीको तर्क थियो ।

त्यस्तै, वाइडबडी खरिदसम्बन्धी पनि मन्त्री अधिकारीलाई प्रश्न सोधिएको थियो । त्यसमा उनले भ्रष्टाचार नभएको जवाफ दिएका छन् ।

वाइडबडी विमान ९३.०५ मिलियन डलरको भएपनि १०८ मिलियन डलरमा खरिद गरेको विषयमा सभापति भरतकुमार साहले प्रश्न गरेका थिए । सांसद्हरुले यसको छानविन गर्नु पर्ने माग गरेका छन् ।

निगमले दुइटा वाइडबडी विमान गरिद गरेको छ । जसमा २४ अर्ब रुपैयाँ लागेको जनाएको छ । यसमा अनियमितता भएको भन्दै छानविनको माग हुँदै आएको छ ।

शेयर लगानीकर्ताको धर्नामा कांग्रेस नेताको एक्यबद्धता

काठमाडौँ, २५ मंसिर । शेयर लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेन्जको कार्यालयमा धर्ना दिएका छन् । उनीहरु धितोपत्र बजार सुधारको माग राख्दै स्टक

 कर बुझाउन झापा झर्ने झण्झटबाट मुक्त भए करदाता

पाँचथर । दुई जिल्लालाई लक्षित गरी फिदिममा करदाता कार्यालय स्थापना भएपछि पाँचथर र ताप्लेजुङका करदातालाई सहज भएको छ । यसअघि यहाँका उद्योगी–व्यवसायी

‘ट्रान्जिट पर्मिट’ का कारण जडीबुटी निर्यातमा समस्या

बाँके,२५ मंसिर । ‘ट्रान्जिट पर्मिट’ का नाममा भारतले अनावश्यक झमेला गर्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको छ । भारत उत्तर प्रदेशका वन

गुणस्तर विभागसँग मिलेर सशस्त्र प्रहरीमा आर्थिक अनियमितता

काठमाडौं । सशस्त्र प्रहरी बलका लागि खरिद गरिएको सामानको गुणस्तर परीक्षण गर्दा गुणस्तर तथा नापतौल विभागको समेत मिलेमतोमा आर्थिक अनियमितता भएको