सन्दीपको टोलीको नाम परिवर्तन


काठमाडौं । नेपाल स्टार लेगस्पीनर सन्दीप लामिछानेको टोली दिल्ली डेयरडेभिल्सको नाम परिवर्तन भएको छ ।

मंगलबार एक औपचारिक कार्यक्रममा इन्डीयन प्रिमियर लिग (आईपिएल) खेल्ने दिल्ली टोलीले नयाँ नाम र कप्तान सार्वजनिक गरेको छ । दिल्लीको टोली अबदेखि ‘दिल्ली क्यापिटल्स’ को रुपमा खेल्नेछ भने नियमित कप्तान श्रेयस आइयर हुने भएका छन् ।

उक्त कार्यक्रममा टोलीको नयाँ लोगो र जर्सी पनि सार्वजनिक गरिएको थियो । टोलीको प्रशिक्षकमा भने रिक्की पोन्टीङलाई नै निरन्तरता दिइएको छ ।

यस सिजनको लागि दिल्लीले गौतम गम्भीरलाई फुकुवा गरेको छ । आईपिएलमा औसत प्रदर्शन गरिरहेको दिल्ली सन् २०१२ मा मात्र प्ले अफसम्म पुगेको थियो । त्यसयता प्रतियोगितामा अघि बढ्न संघर्ष गरिरहेको छ ।

नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेलाई टोलीमै राख्ने निर्णय गरेको दिल्लीले यो वर्ष उनलाई सुरुवाती खेल देखि नै प्रयोग गर्ने सम्भावना उच्च रहेको छ ।

 

 

 विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको   छ ।

 दीपेन्द्र ऐरी र पटेलको उत्कृष्ट प्रदर्शनसँगै अत्तरिया डीपीएलको फाइनलमा

काठमाडौं, ८ फागुन । सीवाईसी अत्तरियाको लागि सन्नी पटेलले अलराउन्ड प्रदर्शन गर्दै काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गरेको छ ।  क्वालिफायर १ मा

विश्वकपमा भारत–पाकिस्तान खेल होला ?

एजेन्सी । भारत र पाकिस्तानको राजनीतिक सम्बन्ध अहिले तनावको स्थितीमा रहेको बुझिएको छ । यहि तनावको कारण आगामी विश्वकप २०१९ को भारत–पाकिस्तानको खेल

स्वारेजको १७ खेलमा १ गोल, के हो उनको समस्या ?

एजेन्सी । क्लब वा राष्ट्र जताबाट खेलेपनि गोल गर्न नचुक्ने भेट्रान फुटबलर लुइस स्वारेजको ‘ख्याती’ गुम्दो क्रममा रहेको छ । उरुग्वेका स्टार