पश्चिमी वायुले देशभरी चिसो

काठमाडौँ, १९ मंसिर । पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ ।

उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद् गंगा नगरकोटीका अनुसार, न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको हो ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । भोलि २० मंसिरमा दिउँसो पहाडी भूभागमा मौसम आंशिक बदली हुने र उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्नमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै २१ मंसिरमा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ भने पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । रासस

शास्त्रीय संगीतले गर्छ क्यान्सर पीडितको उपचार 

काठमाडौं । जलतरंगको धुन सुनेकी एकजना क्यान्सर पीडित महिला उठेर ठमठमी हिँडेको देखेर उनको उपचारमा संलग्न चिकित्सक आश्चर्यचकित परेका छन् । क्यान्सर

जंकफूडको असर, अनेक रोगको खतरा

एजेन्सी । बजारमा सजिलै पाइने प्रशोधित खाना र जंकफूडप्रति युवावर्गहरु आकर्षित रहेको पाइन्छ । सुपथ मुल्यमा सहजै पाइने भएकाले पनि यसको उपभोग बढ्दै गएको

यस्ता छन् आलु बखडाको फाइदाहरु

एजेन्सी । गर्मी सिजनमा पाइने आलु बखडा स्वादको लागि मात्रै होइन, स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक रहेको छ । पाकेको आलु बखडा गुलियो हुने कारणले पनि

अस्थायी साधनको रूपमा प्रयोग हुँदै गर्भपतन सेवा

डोटी, २ असार । जिल्लामा निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको पाइएको छ । आइपास नेपाल र