चिटिक्क बन्यो चिनसँगको कोराला सडक

मुस्ताङ, १९ मंसिर । चीनसँगको सीमाना कोराला जोड्ने छोसेर–कोराला सडक चिटिक्क बनेको छ ।

स्तरोन्नति गरिएपछि मुस्ताङ सदरमुकाम जोमसोमलाई कोरालासम्म जोड्ने यो सडक रमणीय बनेको हो । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति गरेको हो ।

जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति आयोजना मध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले बताए ।

ट्रयाक मात्र खोलिएको अवस्थामा रहेको सडकलाई ११ मिटर फराकिलो, नाली, ग्यावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको छ । २०७३ देखि सडक स्तरोन्नतिको काम शुरु भएको थियो ।

४८ करोड लागत अनुमान गरिएको छोसेर–कोरला सडक स्तरोन्नतिका लागि दिवा–रौताह–एपेक्स जेभीले २९ करोडमा ठेक्का लिएको थियो । समुद्री सतहदेखि चार हजार ६ सय मिटरको उचाइको भूगोलमा प्रतिकूल मौसम भएपनि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर सम्झौता अवधिभित्रै काम सकेको निर्माण कम्पनीका प्रतिनिधि सकबहादुर लालचनले बताए ।

११० किलोमिटर दूरीको जोमसोम–कोरला सडकअन्तर्गत अन्य छवटा प्याकेजको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी रहेको आयोजनाले जनाएको छ । सडक स्तरोन्नति भएपनि कोरला नाका भने बन्द नै छ ।

सवारी साधनबाट एक करोड बढी सङ्कलन

  सिन्धुली, २ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु एक करोड २० लाख ४८ हजार जरिवाना (राजश्व) सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को अवधिमा सवारी

राजश्व चुहावट गरेको सूचना दिनेलाई पुरस्कार

  काठमाडौँ, २ भदौ । सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ । राजश्व चुहावट नियन्त्रणलाई

नेप्से सात अङ्कले वृद्धि

काठमाडौँ, २ भदौ । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

शेयर बजार : नेप्सेमा नौ अङ्कको ओरालो

काठमाडौँ १ भदौँ । निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका