आलिया र रणवीर छिट्टै बिहे गर्ने

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर पनि छिट्टै बिहे गर्ने भएका छन् ।

लामो समयदेखि प्रेमसम्बन्धमा रहेका आलिया र रणवीरले बिहे गर्ने तयारीमा रहेको पारिवारिक स्रोतले जनाएको छ । भारतीय मिडियाका अनुसार, दुवैका परिवारले विहेका लागि सहमति जनाएका छन् ।

अहिले आलिया प्रायः रणवीरका आमाबुवासँग समय विताउने गरेकी छन् । आलियाका बुवा महेश भट्टले बिहेका लागि सहमति दिएपछि उनी रणवीरका परिवारसँग समय विताउँन लागेको जनाएको छ ।

लामो समयदेखि आलिया र रणवीर प्रेमसम्बन्धमा छन् । तर, उनीहरुले एक–अर्काका विषयमा केही बोलेका छैनन् ।

यतिसम्मकी आलिया छिट्टै न्यूयोर्क जाने भएकी छन् । रणवीरका बुवा ऋषि कपूरको न्यूयोर्कमा उपचार भइरहेको छ । रणवीरकी आमा नीतू कपूर पनि न्यूयोर्कमै छिन् ।

नयाँ वर्षमा रणवीर आमाबुवासँगै न्यूयोर्क जाने भएपछि आलिया पनि उतै जाने तयारी गरेको जनाएको छ । उनले सुटिङ चलिरहेका फिल्ममा नयाँ वर्षमा केही समयका लागि विदा लिएको भारतीय मिडियाले जनाएको छ ।

रणवीर कपूरका बुवाका उपचार सकिए लगत्तै आलिया र रणवीरको बिहे गर्ने तयारी भएको जनाएको छ ।

 यसपाली शान्ति ठटालले पलेँटी मार्ने,दार्जिलिङ र सिक्किमको संगम

काठमाडौं । यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी श्रृंखला’ मा दार्जिलिङ र सिक्किमको संगम हुने भएको छ । यसका निम्ति दार्जिलिङबाट संगीतकार शान्ति

 ‘देउरालीको फूल’ लिएर आए युवराज

काठमाडौं । कवि तथा गीतकार युवराज अधिकारीको ‘देउरालीको फूल’ शीर्षकको गीति अल्वम सार्वजनिक भएको छ । सुपरिचित र लोकप्रिय गायकका स्वरमा सजिएका

फाल्नुपर्ने औषधीको खोलबाट कलाकारिता

काठमाडौँ, १९ वैशाख । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता (खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ

कलामा देखियो भोटेकोशीको सभ्यता

काठमाडौँ, १३ वैशाख । सिन्धुपाल्चोक, भोटेकोशीमा विकास भएको सभ्यता संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका साथ तीनदिने कला कार्यशाला सम्पन्न