नेवानि गम्भीर भएकै हो त ?

काठमाडौं, १९ मंसिर । गत सोमबारको भेटमा जापानी प्रतिनिधि मण्डलले नेपाल वायुसेवा निगम (नेवानि) लाई नेपाल–जापान उडानको स्वीकृती पाउन सहयोग गर्ने बचन दिएपछि नेवानिको वाइडवडी जहाज जापानी भूमिमा अवतरण गर्ने योजना केहि कदम अघि बढ्ने देखिएको छ । 

जापान, अष्ट्रेलीया, कोरिया जस्ता लामो दुरीको यात्रामा उपयोग गर्ने योजना सहित दुईवटा वाइडवडी जहाज ‘मकालु’ र ‘अन्नपूर्ण’ ल्याएपनि नेवानिको तर्फबाट पहिलो पटक लामो दुरीको उडानको प्रक्रियाको लागि ठोस शुरुवात भएको छ । यसअघि कोरियाको लागि प्रयास गरिएपनि सुरक्षाको कारण देखाउँदै कोरियाली पक्ष नेवानिलाई अनुमति दिन अन्कनाइ राखेको छ । यसमा नेवानिको पहलमै कमजोरी रहेको बुझिएको छ । बिगतका अनुभवले पनि तयारी बिनाको औपचारिक पहलले योजना साकार नहुने प्रष्ट भइसकेको छ । 

कोरियाली पक्षलाई सुरक्षाप्रति ढुक्क पार्न नसक्नु नेवानिकै कमजोरी हो । कतिपयले नेपाली वायुसेवालाई यूरोपियन यूनियनले कालोसूचीमा राखेको कारण पनि नेवानिलाई गन्तव्य बढाउन कठिन भएको तर्क गरेपनि गन्तव्य नबढ्नुमा नेवानि व्यवस्थापनकै कमजोरी प्रष्ट देखिन्छ । 

केहि समयअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइसकेको छ । अबका दिनमा मापदण्ड अनुसार वायु सेवालाई नियमन गर्ने र अन्य सुरक्षाको प्रत्याभूति दिन सकेमा यूरोपियन यूनियनको उक्त सूचीबाट पनि हट्न सक्ने विज्ञहरुको भनाई रहेको छ । उनीहरुका अनुसार यो हतारमा परिणाम आउने बिषय नभएकाले बिस्तारै अघि बढ्ने प्रक्रिया हो । 

गत हप्ता कम्बोडियासँगको सम्झौतापछि नेपालले कुल ३९ देश हवाइ सेवा सम्झौता गरेको छ । यतिका वावजुद नेवानिले अहिले ६ देशको ८ वटा गन्तव्य र हिमालय एयरलायन्सले ५ देशमा उडान भरिरहेको छ । विगतमा श्रीलंका र म्यानमारमा पनि उडान भरेको भएपनि हिमालयले उक्त गन्तव्यमा उडान भर्न छोडिसकेको छ । 

हाल नेवानिले छोटा तथा मध्यम दुरीको गन्तव्यमा ध्यान पु¥याउन सकिरहेको देखिँदैन । जापान, अष्ट्रेलीया, अमेरिका र कोरिया जस्ता महत्वाकांक्षी गन्तव्य नपाएसम्म यी गन्तव्य पनि विकल्प हुन सक्नेमा नेवानिको व्यवस्थापनले सोचीरहेको देखिँदैन ।

अर्कोतर्फ यात्रुको चाप बढ्दा अहिले भइरहेको गन्तव्यमा पनि उडान थप्न तर्फ नेवानिले प्रयास गरेको पनि अहिलेसम्म देखिएको छैन । दशैं, तिहार र छठ पर्व पर्ने भएकाले सेप्टेम्बर देखि नोभेम्बरसम्मको अवधीलाई निजी एयरलायन्सहरुले पिक सिजनको रुपमा लिने गरेका छन् । कतिपय एयरलायन्सले सो समयलाई ध्यानमा राख्दै उडान संख्या बढाउने गरेका छन् । यस्तोमा जति यात्रु भएपनि एउटै तालिकामा उडान भर्दा नेवानिले मौकामा मुनाफा पाउन चुकिरहेको छ । 

नयाँ गन्तव्यको विकल्प र भएकै गन्तव्यमा उडान थप्ने विकल्पमा ध्यान दिन नसकेपनि नेवानि व्यवस्थापन अहिले साउदी अरब र जापानको लागि उडान सम्भव गराउन लागिपरेको नेवानिका अधिकारीहरु बताइरहेका छन् । आगामी दुई महिनाभित्र साउदी अरब उडान सम्भव हुनसक्ने दाबी गरिरहेकोले पनि नेवानि नयाँ गन्तव्यमा जान गम्भीर भएको जस्तो देखिएको छ । वाइडवडी जहाजको खरिद प्रक्रिया नै विवादमा परेकोले यहि बहानामा नयाँ गन्तव्यको पहलमा कमि आउने सम्भावना त्यतिकै छ । 

२४ अर्बको जहाज खरिद गरिसकेकोले पनि कम्तीमा जापान र साउदी अरबको एयरपोर्टमा नेपाली जहाज अवतरण गर्न सकेमा नेवानि सहि दिशामा लागेको देखिने छ । यसको विपरित झारा टार्ने प्रवृत्ति दोहोरिएमा अहिलेको अस्थायी गम्भीरताको कुनै अर्थ नरहने जानकारहरुको तर्क    छ ।

रारा तालमा साइकल मार्ग बनाइने

मुगु, २३ मंसिर । कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय

  पुस पहिलो साता पर्यटन महोत्सव आयोजना गर्दै इलाम

काठमाडौं । कृषि उपज र पर्यटन व्यवसायमा प्रगति गर्दै आर्थिक उन्नति गरिरहेको इलामले आगामी महिना पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । पुस ५ गते देखि १६

आज लेखा समितिमा स्पष्टीकरण दिँदै पर्यटनमन्त्री अधिकारी

काठमाडौं । सार्वजनिक लेखा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग वाईड बडी विमान खरिदमा भएको आर्थिक अनियमितता

नेपाल–जापान सिधा उडानको लागि जापानी सहयोग रहने

काठमाडौं, १८ मंसिर । नेपाल र जापानी टोलीका उच्च पदाधिकारी बिच सोमबार नेपाल–जापान हवाइ सम्बन्धको विषयमा कुराकानी भएको छ । नेपालको प्रतिनिधीत्व