कांग्रेस केन्द्रको बैठक लम्बियो, आज पनि विधानमै छलफल

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेपछि लम्बिएको छ ।

आजको बैठक पनि विधानको मस्यौदामै केन्द्रीत हुने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । १३ मंसिरदेखि  प्रस्तावित विधान संशोधनका विषयमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ ।

मंगलबारको बैठकमा १० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्यहरु एनपी साउद, धनराज गुरुङ, गगनकुमार थापा, गोविन्द भट्टराई, गुरुराज घिमिरे, लक्ष्मी परियार, आनन्द ढुङ्गना, चीनकाजी श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य नरेन्द्रकुमार चौधरी र रमा कोइरालाले विधानमाथिको छलफलमा भाग लिएका थिए ।

विधानलाई संघीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्तावमाथि छलफल जारी रहेको छ । आजको बैठकमा थप केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने जनाएको छ ।

केन्द्रीय कार्यसमितिले पारित गरेको विधानको प्रस्ताव २८ मंसिरदेखि ३ पुसम्म बस्ने महासमिति बैठकमा पेश गरिने छ ।

नरहरि आचार्यले तयार पारेको राजनीतिक प्रतिवेदन कांग्रेस बैठकमा पेश

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । आजको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । राजनीतिक प्रतिवेदनका

आज संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं, २५ मंसिर । सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्न लागेको छ । संवैधानिक परिषदको आजको बैठकले

निर्मला हत्या प्रकरणः प्रधानमन्त्री र उपप्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति

काठमाडौ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना बित्न लाग्दा पनि दोषी अझै पत्ता लाग्न सकेको छैन । उक्त हत्या प्रकरणबारे

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै

काठमाडौ,२५ मंसिर । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा विहान