सुरक्षा खतराको कारण पिएसजी र मोन्टपेलियरबीचको खेल स्थगित

काठमाडौ,१९ मंसिर । सुरक्षाको कारण देखाउँदै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)  र मोन्टपेलियरबीचको खेल स्थगित भएको छ । फ्रान्सको राजधानी पेरिसमा आन्दोलन चर्किदै गएपछि मंगलबारका लागि निर्धारण गरिएको खेल प्रहरीको अनुरोधमा स्थगित गरिएको हो।

इन्धनमा कर बढाएको विरोधमा भईरहेको प्रर्दशनले उग्ररुप लिदै गएपछि पेरिसमा निर्धारण गरिएको खेल स्थगित गर्न प्रहरीले फ्रेन्च लिग वानलाई अनुरोध गरेको थियो। सुरक्षा खतरालाई मध्यनजर गर्दै प्रहरी लिग स्थगित गर्न अनुरोध गरेको बताइएको छ।

पिएसजीको आगामी २ खेल पेरिस बाहिर भएकाले केहि राहत महसुस गरिएको छ। पिएसजीले लिग वानको खेलमा स्टार्सवर्गसँग पेरिस बाहिर खेल्ने छ भने च्याम्पियन्स लिगको खेलमा रेड स्टार्स बेल्ग्रेडसँग खेल्न सर्विया जानेछ।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले

विश्वकपमा पाकिस्तानको यस्तो संयोग, उपाधि जित्ने दाबी

एजेन्सी । विश्वकप क्रिकेट २०१९ को सरगर्मी चलिरहेको छ । प्रतियोगितामा न्युजिल्याण्ड, भारत र अष्ट्रेलियाले बलियो प्रदर्शन गरिरहेका छन् । यी तीनै टोली

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया

लन्डन, ११ असार । इंग्ल्यान्डमाथि ६४ रनको सहज जित हात पारेपछि अस्ट्रेलिया मंगलबार विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । सात खेलमा छैटौं जित हात

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई