महिला हिंसा विश्वव्यापी चुनौतीः परराष्ट्रमन्त्री ज्ञवाली

सुर्खेत,१९ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले महिला हिंसा विश्वव्यापी चुनौती बन्दै गएको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञावलीले विश्वव्यापी चुनौती बन्दै गएको महिला हिंसाको मुद्दा समाधानका लागि नेपालको संविधान र दिगो विकास लक्ष्यलाई आधार बनाएर अघि बढेको बताए ।

उनले भनेः‘ महिलालाई पुरुष सरह बनाउन राज्यले ३३ प्रतिशत अधिकार प्रदान गरेको छ, संविधानको मौलिक हक लागू गर्न सरकारले कानून निर्माण गरिरहेको छ ।’ सङ्घ, प्रदेश र स्थानीय सरकारमा ४१ प्रतिशत महिलाको सहभागिता रहेको स्पष्ट पार्दै उनले पछिल्लो समयमा महिला अधिकारको उपलब्धि गर्व गर्न लायक भएको जिकिर गरे ।

‘बलात्कार, हत्या, हिंसा र अपहरणलगायतका विकृतिको अन्त्यका लागि सबै तहका सरकारको भित्री सङ्कल्प अपरिहार्य छ,’ उनले भने ।
आर्थिक, सामाजिक र सांस्कृतिकका साथै सम्पत्तिमा महिला अधिकार सुनिश्चित हुनसके मात्र हिंसा कम हुने मन्त्री ज्ञवालीको भनाइ थियो ।

उत्तर–दक्षिण जोड्ने हिल्सा–जमुना द्रूतमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउन आफू प्रतिबद्ध रहेको उनको दावी छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वर्तमान सरकारको एजेण्डा नै शान्ति, विकास र समृद्धि भएको बताए ।(रासस)

नरहरि आचार्यले तयार पारेको राजनीतिक प्रतिवेदन कांग्रेस बैठकमा पेश

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । आजको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । राजनीतिक प्रतिवेदनका

आज संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं, २५ मंसिर । सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्न लागेको छ । संवैधानिक परिषदको आजको बैठकले

निर्मला हत्या प्रकरणः प्रधानमन्त्री र उपप्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति

काठमाडौ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना बित्न लाग्दा पनि दोषी अझै पत्ता लाग्न सकेको छैन । उक्त हत्या प्रकरणबारे

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै

काठमाडौ,२५ मंसिर । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा विहान