नेपाली कांग्रेसको राजनीतिक–आर्थिक प्रतिवेदन तयार, समयमै महासमिति बैठक हुने दावी

काठमाडौ,१९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २८ देखि पुष ३ गतेसम्म तोकेको पार्टीको महासमिति भेलामा पेश हुने राजनीतिक–आर्थिक प्रस्ताव तयार पारेको छ । उपसभापति विमलेन्द्र निधि संयोजक रहेको राजनीतिक प्रस्ताव लेखन समिति र सह–महामन्त्री डा.प्रकाशशरण महत संयोजक रहेको आर्थिक प्रस्ताव समितिले आ–आफ्नो प्रस्ताव तयार पारेको छ । यी दुबै प्रस्ताव जारी केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी भइरहेको छ । 

राजनीतिक प्रस्तावमा कांग्रेसको दर्शन, वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, सरकारप्रतिको दृष्टिकोण, अन्य राजनीतिक दलप्रतिको कांग्रेसको दृष्टिकोणलगायतका कुरा समेटिएका छन्। प्रतिवेदन २२ गते सम्ममा केन्द्रीय समितिबाट पेस गर्ने तयारी छ।

यस्तै,सह–महामन्त्री एंव आर्थिक प्रतिवेदन लेखन समितिका संयोजक डा.प्रकाशशरण महतले आर्थिक प्रतिवेदन तयार भइसकेको  र अन्तिम चरणको गृहकार्यमा रहेको जानकारी दिए । उनले प्रतिवेदन केन्द्रीय समितिमा एक दुई दिन भित्रै बुझाउने तयारीमा रहेको बताए ।

कांग्रेसको आर्थिक प्रतिवेदनले विकासको लक्ष्यका लागि उत्पादन बढाउनु पर्नेमा जोड दिएको छ। संयोजक डा.महतले प्रतिवेदन बारे जानकारी दिँदै भनेः‘ उत्पादन बढाएर आम नागरिकलाई समृद्धिको पहुँचमा पु‍र्‍याउने हो । लक्ष्यमा पुग्ने साधन समय–सापेक्ष फरक पर्न सक्छ, नागरिक, निजी क्षेत्र र सहकारीलाई सक्रिय बनाएर उत्पादन वृद्धि गर्न सकिने प्रतिवेदनमा लेखिएको छ। आर्थिक नीतिमा सामाजिक, स्वास्थ्य, शिक्षा, कृषि तथा मानव संशाधन, रोजगारीलगायतका क्षेत्रमा नीति तयार गरेको छ ।’

केपी ओली नेतृत्वको सरकारले लिएको ‘खुसी नेपाली समृद्ध नेपाल’ नाराबारे पार्टीको आर्थिक प्रतिवेदनले चिरफार गरेको महतको भनाई छ । 

उपसभापति निधि र सहमहामन्त्री महतले राजनीति र आर्थिक प्रस्तावका लागि काठमाडौसहित सातै प्रदेशमा छलफल गरेका थिए । मंसिर २८ देखि पुस ३ सम्म  कांग्रेस महासमिति भेला हुँदैछ। भेलामा पेस गर्न बनाइएको नयाँ विधानबारे पनि केन्द्रीय समितिमा छलफल भइरहेको छ। 

रुकुमको बजेट पनि झापा लैजान प्रधानमन्त्रीलाई सुझाव

 काठमाडौं । सत्तारुढ दलका एकजना सांसदले रुकुम जिल्लाको बजेट पनि  झापा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । दुर्गम जिल्ला

संसदमा जंगिए देउवा

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा संसदमा जंगिएका छन् । मंगलबार संसदमा आफूलाई बोल्न नदिएको विषयमा

संसदको ‘टसल’ सामाजिक सञ्जालमा

काठमाडौं, ४ असार । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले मंगलबार बोल्न लाग्दा कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । बैठकबाट

सभामुखले बोल्न समय उपलब्ध नगराएको कांग्रेसको आरोप

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग