नेपाली कांग्रेसको राजनीतिक–आर्थिक प्रतिवेदन तयार, समयमै महासमिति बैठक हुने दावी

काठमाडौ,१९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २८ देखि पुष ३ गतेसम्म तोकेको पार्टीको महासमिति भेलामा पेश हुने राजनीतिक–आर्थिक प्रस्ताव तयार पारेको छ । उपसभापति विमलेन्द्र निधि संयोजक रहेको राजनीतिक प्रस्ताव लेखन समिति र सह–महामन्त्री डा.प्रकाशशरण महत संयोजक रहेको आर्थिक प्रस्ताव समितिले आ–आफ्नो प्रस्ताव तयार पारेको छ । यी दुबै प्रस्ताव जारी केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी भइरहेको छ । 

राजनीतिक प्रस्तावमा कांग्रेसको दर्शन, वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, सरकारप्रतिको दृष्टिकोण, अन्य राजनीतिक दलप्रतिको कांग्रेसको दृष्टिकोणलगायतका कुरा समेटिएका छन्। प्रतिवेदन २२ गते सम्ममा केन्द्रीय समितिबाट पेस गर्ने तयारी छ।

यस्तै,सह–महामन्त्री एंव आर्थिक प्रतिवेदन लेखन समितिका संयोजक डा.प्रकाशशरण महतले आर्थिक प्रतिवेदन तयार भइसकेको  र अन्तिम चरणको गृहकार्यमा रहेको जानकारी दिए । उनले प्रतिवेदन केन्द्रीय समितिमा एक दुई दिन भित्रै बुझाउने तयारीमा रहेको बताए ।

कांग्रेसको आर्थिक प्रतिवेदनले विकासको लक्ष्यका लागि उत्पादन बढाउनु पर्नेमा जोड दिएको छ। संयोजक डा.महतले प्रतिवेदन बारे जानकारी दिँदै भनेः‘ उत्पादन बढाएर आम नागरिकलाई समृद्धिको पहुँचमा पु‍र्‍याउने हो । लक्ष्यमा पुग्ने साधन समय–सापेक्ष फरक पर्न सक्छ, नागरिक, निजी क्षेत्र र सहकारीलाई सक्रिय बनाएर उत्पादन वृद्धि गर्न सकिने प्रतिवेदनमा लेखिएको छ। आर्थिक नीतिमा सामाजिक, स्वास्थ्य, शिक्षा, कृषि तथा मानव संशाधन, रोजगारीलगायतका क्षेत्रमा नीति तयार गरेको छ ।’

केपी ओली नेतृत्वको सरकारले लिएको ‘खुसी नेपाली समृद्ध नेपाल’ नाराबारे पार्टीको आर्थिक प्रतिवेदनले चिरफार गरेको महतको भनाई छ । 

उपसभापति निधि र सहमहामन्त्री महतले राजनीति र आर्थिक प्रस्तावका लागि काठमाडौसहित सातै प्रदेशमा छलफल गरेका थिए । मंसिर २८ देखि पुस ३ सम्म  कांग्रेस महासमिति भेला हुँदैछ। भेलामा पेस गर्न बनाइएको नयाँ विधानबारे पनि केन्द्रीय समितिमा छलफल भइरहेको छ। 

नरहरि आचार्यले तयार पारेको राजनीतिक प्रतिवेदन कांग्रेस बैठकमा पेश

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । आजको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । राजनीतिक प्रतिवेदनका

आज संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं, २५ मंसिर । सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्न लागेको छ । संवैधानिक परिषदको आजको बैठकले

निर्मला हत्या प्रकरणः प्रधानमन्त्री र उपप्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति

काठमाडौ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना बित्न लाग्दा पनि दोषी अझै पत्ता लाग्न सकेको छैन । उक्त हत्या प्रकरणबारे

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै

काठमाडौ,२५ मंसिर । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा विहान