फेरि जन्मेलान् नारायण गोपाल

काठमाडौं ।  ‘म त लालीगुराँस भएछु, 
वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’  ।  नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत गाउन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष पुग्दैछ । उनले संसार छाडेको यतिका वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ । 

‘केही मीठो बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु’, ‘यो मुटुलाई कसरी सम्झाइबुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत गाउन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाए, सबै गीत त्यति नै उचाइका छन्,जनजनमा रुचाईएका छन्। 

विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि नै नारायण गोपालले   आफ्नो साङ्गीतिक यात्र शुरु गरेका थिए। सबैभन्दा पहिला उनले साथी माणिकरत्न स्थापितको घरमा बसी उनका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिकेका थिए। पहिलो पटक उनले त्रिचन्त्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाएका थिए। 

नारायण गोपालका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तर्वार्तामा नारायण गोपालका बारेमा यसरी चर्चा गरेका छन् “नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उनको गीत जति उचाइमा छ, उनको मूर्तिको पनि कुनै मूल्य छैन ।” उनलाई स्वर सम्राटको उपमा दिइरहँदा स्वयं नारायण गोपाल भने आफूलाई स्वरसम्राट भन्न नरुचाउने व्यक्तित्व थिए । 

“उहाँलाई कुनै शब्द मन नपरे, त्यो गीत गाउनुहुन्नथ्यो, त्यसैले कसै कसैले उहाँलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उहाँ त्यस्तो हुुनुहुन्न थियो”, संगीतकार बुलु मुकारुङ भन्छन्, “उहाँ बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउनुहुन्थ्यो ।” उनलाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन् । तर यथार्थमा उनलाई बद्नाम गराउन खोज्नेले त्यस्तो उपमा दिएको उनी बताउँछन्। “आजभोलि नपिउने त को नै होलान र ”, उनले प्रश्न गरे। 

नारायण गोपालको भेट दार्जिलिङ यात्राका क्रममा त्यहाँका सङ्गीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उनको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा उनीहरुको मितेरी साइनोसमेत जोडिएको थियो । 

नारायण गोपालले धेरैजसो योञ्जनका गीत नै गाएका थिए थिए। उनलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रुपमा लिइने गरिन्छ । योञ्जनसँगै उनले कवि तथा गीतकार हरिभक्त कटुवालका गीतसमेत गाएका थिए,जुन आजसम्म निकै लोकप्रिय छन् ।

 दार्जिलिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग भएको थियो । त्यो भेटघाटले प्रेमको रुप लिई पछि उनीहरुको विवाह भयो । पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उनको परिवारिक सम्बन्धमा केही चिसोपना आएको थियो । जसका कारण उनी र श्रीमती परिवारबाट छुट्टिएर बस्नुपरेको थियो ।   

विभिन्न व्यक्ति माथि उठ्न अरुको चाकडी गर्न निकै नै रुचाउने गर्छन् । अन्यभन्दा फरक शैलीका नारायण गोपालले भने कहिल्यै कसैको चाकडी गर्न रुचाएनन्। सीमित व्यक्तिसँग मात्र मित्रता र सङ्गत गर्ने स्वभावका नारायण गोपाल निकै गम्भीर स्वभावका थिए। 

नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभा लागेपनि उनी नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभावको रहेको सङ्गीतकार भूपेन्द्र रायमाझी बताउँछन् । सङ्गीतकार रायमाझी भन्छन्, “उहाँको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन ।” उनले आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग सङ्गत गरेको उनी बताउँछन् । आफूले एकपटक भेटेको व्यक्तिलाई उनी कहिल्यै पनि नभुल्ने रायमाझीले सुनाए । 

नारायण गोपाल स्वर्णिम साँझ’ ले उनलाई अझै चर्चाको शिखरमा पु¥याएको थियो । उनले आफ्ना समकालीन ‘तारादेवी’, ‘नातिकाजी’, ‘शिवशङ्कर’, ‘रत्नदास’, ‘प्रेमध्वज प्रधान’, ‘बच्चु कैलाश’ लगायतका गायक गायिकासँग पनि विभिन्न गीतमा स्वर दिएका थिए। ‘हे कान्छा ठट्टैमा यो बैस खेर जान लाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला’ बोलको गीतमा नारायण गोपाल र तारादेवीले स्वर दिएका थिए।  

उनले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशम्शेर थापा, कञ्चन पुडाशैनीलगायतको शब्दमा स्वर दिएका थिए। ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’ उनका गीतका प्रमुख विशेषता हो । उनले पहिलोपटक प्रेमध्वज र मणिकको सङ्गीतमा गीत गाएका थिए। राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रुपमा पनि नारायण गोपालले काम गरेका थिए ।

नाचघरमा उहाँ कार्यरत रहँदा चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी सङ्गीतका क्षेत्रमा नाचघरमा काम गर्ने उद्देश्यले पुगेका थिए । सोही भेटमा नारायण गोपालले ‘अहिले खाली छैन, पछि काम पर्दा म आफैँ बोलाउँछु’ भनेको कुरा अझै सायमी स्मरण गर्छन् । पछि उनले विसं २०३९ मङ्सिर २१ गते सायमीलाई कार्यक्रम सञ्चालन गर्नका लागि बोलाएका थिए ।

सोही भेटघाटपछि दुईजनाबीच आत्मियता बढ्दै गएको प्रकाश सम्झन्छन् । उनी भन्छन्, “सायद नारायण गोपालजस्तो गायक अबको १०० वर्षपछि पनि जन्मन सक्दैन ।” नारायणगोपाल जस्तो कामप्रति लगाव र झुकाव अहिलेका कुनै पनि कलाकारमा नरहेको उनी बताउँछन् ।  नारायण गोपालबाट अहिलेका गायकले धेरै कुरा सिक्नुपर्ने निर्देशक तथा लेखक प्रकाश सायमीको भनाइ छ । (राससमा मीना घोरसाइनेको रिपोर्ट)

कलाकार चन्द्रमानले तेह्र टुक्रा ढुङ्गा जोडेर बनाए मञ्जुश्रीको मूर्ति

काठमाडौं । कीर्तिपुरको चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिले यहाँको शोभा बढाएको छ । ढुङ्गाबाट निर्मित ३३ फिट अग्लो उक्त मूर्तिका कारण

रजनीकान्तको ‘२.०’ले एक हजार करोड कमाउने आंकलन

काठमाडैं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको ‘२.०’ फिल्मले एक हजार करोड कमाउने आंकलन गर्न थालिएको हो । यसले ११ दिनमा ६२० करोड भारतीय रुपैयाँ कमाइ

क्याट्रिनाको डान्सले गीतको टिजरनै हिट

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जिरो’को एउटा गीतको टिजर नै हिट भएको छ । त्यो शाहरुखका कारण भने होइन । अभिनेत्री

तमिलनाडुको मुख्यमन्त्री बन्दै रजनीकान्त

काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई मतिलनाडुको मुख्यमन्त्रीका रुपमा देख्न पाइने भएको छ । यो ‘रियल’मा भने होइन, ‘रिल’मा