प्रविधिले पछारेको लेटरप्रेस

काठमाडौं । अक्षर कम्पोज गर्न रातदिन खटिनु पर्ने भक्तबहादुर केसीलाई चिया पिउन पनि फुर्सद हुँदैन्थ्यो । शंकमूलस्थित उनको सेतीदेवी छापाखानामा ‘लेटरप्रेस’मै अक्षर कम्पोज गर्दा गर्दै साँझ भएको पत्तै पाउँदैनथे । उनी भन्छन, ‘करिब ४७० टुक्रा जोडेर सग्ला नेपाली अक्षर बनाउन सजिलो पनि त थिएन ।’

हुन त त्यतिबेला अर्थात २०५२ मै छपाईमा सजिलो गर्न अफसेट प्रिन्टिङ प्रेस आइसकेको थियो । तर, त्यो खरिद गर्न सबैले कहाँ सक्थे र ! त्यसैले, उनले दुई लाख ७५ हजारमा लेटरप्रेस किनेको बताए । ‘अहिले पो अपसेटको दाँजोमा लेटरप्रेस ढिलो जस्तो लाग्छ, त्यतिबेला त निकै महत्व थियो,’ उनी सम्झन्छन् । 

उनको लेटरप्रेसमा सात जना कर्मचारी काम गर्थे । त्यसकै व्यापारले बालबालिका पढाए, घरपरिवार चलाए अनि काठमाडौंमा जग्गाजमिन जोडे   उनले । आकर्षक खाम, फाइल, बिल, लेटर प्याड छाप्थे । उनी सम्झन्छन्, ‘घण्टाको दुई हजार इम्प्रेसनसम्म छापिन्थ्यो । यति बेला भने आधुनिक प्रविधिले लेटरप्रेसलाई पछारी सकेको छ । उनी र उनका भाइ राम केसीले अक्षर कम्पोज गर्न तल्लिन भइरहनु पर्दैन् । 

त्यस्तै, २०४० मै ७५ हजारमा लेटरप्रेस खरिद गरेका गणेश बसौलासँग पनि अहिले पुरानो अनुभव मात्रै छ । उनको ज्ञानज्योती छापाखाना खुब चलेको थियो । कम्पोजिटर किशोर चौधरी नेपाली अक्षर कम्पोज गर्थे, जतनका साथ । उनी भन्छन्, ‘एउटा फ्रेममा सिसाका अक्षर कम्पोज गरिन्छ । चार रोलरबाट मसि दिइन्छ र प्लेटमा टचमा भएपछि छापिने प्रक्रिया शुरु हुन्छ । अक्षरले इम्प्रेसन दिँदै कागजमा मसिले छाप्छ ।’ कहिले फ्रेम भाँचिएको त कहिले हात चेपिएको सम्झिदै उनी बिल, भौचर, भिजिटिङ्ग कार्ड छाप्दा आनन्द लाग्ने बताउँछन् । 

२०४६ एउटा भिजिटिङ कार्ड सात रुपैयाँसम्ममा छापेका कम लगानीमा राम्रो काम हुने गरेको बताउँछन् । लेटरप्रेस छोडेर अहिले बबरमहलस्थित नेसनल प्रिन्टिङ प्रेसमा काम गरिरहेका उनी भन्छन, ‘अब समय फेरियो । लेटरप्रेसको ठाउँमा आधुनिक प्रेस आइसके ।’

कम्युटर प्रविधिले अपसेट प्रेसलाई नयाँ उचाइमा पु¥याएको छ । जसले गर्दा लेटरप्रेसको ठाउँ अपसेट प्रेसले लिएको छ । 

नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुष्कर गौतम पनि प्रविधिले लेटरप्रेसलाई विस्थापित गरेको बताउँछन् । उनी भन्छन, ‘पहिले पो लेटरप्रेसको निकै महत्व थियो । अब त नयाँ टेक्नोलोजी आइसकेको छ ।’ 

अक्षर कम्पोज गर्न अप्ठ्यारो भएपनि कतिपय ठाउँमा अहिले पनि खाम वा नेपाली कागज लेटरप्रेसमै छापिने गरेको उनी बताउँछन् । उनी अपसेट प्रेस आउनुमा लेटरप्रेसको महत्वपूर्ण भूमिका रहेको बताउँछन् । 

हुन पनि लेटरप्रेसकै बिकसित रुप हो अपसेट प्रेस । नेपालमा भने प्रेसको शुरुआत १९०८ मा भएको थियो । युरोप भ्रमणबाट फर्किदा जंगबहादुर राणाले हात प्रेस ल्याएका थिए । त्यसलाई गिद्देप्रेस नाम दिइएको थियो । त्यसपछि मोतिराम भट्टसँगै कृष्णदेव पाण्डेले काठमाडौंमा पाशुपत छापाखाना खोलेका थिए । नेपालमा प्रेस भित्रिएको डेढसय वर्षपछि प्रविधिले फड्को मारिसकेको छ, छपाइमा । 
 

‘जिन’ सम्पादन गर्ने चिनियाँ वैज्ञानिक पक्राउ ?

 काठमाडौं । विज्ञानको ठूलो उपलब्धी बताउँदै पहिलो पटक दुइवटा मानव भ्रुणको वंशाणु (जिन) को सम्पादन गरि बच्चा उत्पादन गर्न सफल भएको दाबी गर्ने चिनियाँ

दुर्गमका विद्यार्थीले उडाए  ड्रोन 

दार्चुला । महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिष जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि विज्ञान र

विश्वभर फ्रि वाईफाई ?

काठमाडौं । एक चीनीया आईटी कम्पनीले विश्वभर फ्रि वाईफाई दिनको लागि स्याटेलाइट प्रक्षेपण गर्ने बताएको छ । लिंकस्योर नेटवर्क नामक उक्त संस्थाले आगामी

नासाको अन्तरिक्ष यान मङ्गलग्रहमा पुगेपछि...

  लस एन्जलस, ११ मंसिर । अमेरिकी अन्तरिक्ष संस्था (नासा) को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण