एघार अर्ब बराबरको धितोपत्र सूचीकृत

काठमाडौँ, १८ मंसिर । नेपाल स्टक एक्सचेञ्जमा करीब ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ ।

बैंकका अनुसार तीन अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा तीन अर्ब १२ करोड बराबरको हकप्रद शेयर, पाँच अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ । स्टकमा हालसम्म कूल १९८ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १४७ बैंक तथा वित्तीय संस्था छन् । त्यसमा बीमा कम्पनी समेत छन् ।

यस्तै सूचीकृत मध्ये १८ कम्पनी उत्पादन र प्रशोधन उद्योगसँग सम्बन्धित छन् । स्टकमा सूचीकृत मध्ये २१ जलविद्युत् कम्पनी छन् । होटल तथा व्यापारिक संस्थाका चार÷चार कम्पनी सूचीकृत छन् भने चार अन्य समूहका कम्पनी समेत सूचीकृत भएका छन् ।

स्टकमा सूचीकृत शेयरको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । रासस

रोल्पाबाट दुख गरेर ल्याएको काफलले बजार पाएन

रोल्पा, ७ जेठ । रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो, रोल्पा नगरपालिका । रोल्पा नगरपालिका–८ जङ्कोट निवासी १२ वर्षीया बालिका सीता वली शुक्रबार

 एटिएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ

एनसेलको लगानीकर्ता एजियाटा मर्जरको तयारीमा

काठमाडौँ, ५ जेठ । दूरसञ्चार कम्पनी एनसेलको मुख्य लगानीकर्ता मलेसियाको एजियाटा गु्रप बरहद र नर्वे सरकारको मुख्य लगानी रहेको बहुराष्ट्रिय दूरसञ्चार

झापामा लिची फेस्टिभल हुँदै

भद्रपुर, २ जेठ । झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गरेका छन्। उनले १५ बिघा जमीनमा लगाएको