पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौ,१८ मंसिर । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको निगमले जनाएको छ । 

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल रु ९९ रहेको छ । यसअघि पेट्रोल रु ११४ तथा डिजेल र मट्टितेल प्रति लिटर रु १०१ थियो । हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको छ ।

विसं २०७१ देखि लागू हुँदै आएको स्वतः स्वचालित मूल्य संरचनाअनुसार भारतीय आयल निगमबाट प्राप्त मूल्य सूचीअनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।

शेयर लगानीकर्ताको धर्नामा कांग्रेस नेताको एक्यबद्धता

काठमाडौँ, २५ मंसिर । शेयर लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेन्जको कार्यालयमा धर्ना दिएका छन् । उनीहरु धितोपत्र बजार सुधारको माग राख्दै स्टक

 कर बुझाउन झापा झर्ने झण्झटबाट मुक्त भए करदाता

पाँचथर । दुई जिल्लालाई लक्षित गरी फिदिममा करदाता कार्यालय स्थापना भएपछि पाँचथर र ताप्लेजुङका करदातालाई सहज भएको छ । यसअघि यहाँका उद्योगी–व्यवसायी

‘ट्रान्जिट पर्मिट’ का कारण जडीबुटी निर्यातमा समस्या

बाँके,२५ मंसिर । ‘ट्रान्जिट पर्मिट’ का नाममा भारतले अनावश्यक झमेला गर्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको छ । भारत उत्तर प्रदेशका वन

गुणस्तर विभागसँग मिलेर सशस्त्र प्रहरीमा आर्थिक अनियमितता

काठमाडौं । सशस्त्र प्रहरी बलका लागि खरिद गरिएको सामानको गुणस्तर परीक्षण गर्दा गुणस्तर तथा नापतौल विभागको समेत मिलेमतोमा आर्थिक अनियमितता भएको