राष्ट्रिय खतरा आमन्त्रण गर्दै ओली सरकार

ओली सरकार मुलुकको परराष्ट्र नीतिमा घातक खेलबाड गरिरहेको छ ? कतै उनका आसपासका व्यक्ति उनी मार्फत राष्ट्रिय खतरा आमन्त्रण त गरिरहेका छैनन् ?

भारतका प्रधानमंत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको अवधिमा दुई नम्बर प्रदेशका मूख्य मंत्री मोहम्मद लालबाबु राउतले राष्ट्रिय सम्मान, कूटनीतिक मर्यादा, परम्परा र संस्कृति विपरितको भाषण मोदी समक्ष गरे I त्यतिखेर नेपालका रक्षामंत्री पनि त्यहीं उपस्थित थिए I 

मोदीजी ओलीजीको निमन्त्रणामा आएका थिए र उनको नेपाल बसाई र यहाँका सबै औपचारिक भेटघाट, कुराकानी र मोदीजी समक्ष औपचारिकरूपमा जो सुकैबाट राखिने मन्तब्यहरू ओली सरकारको सहमति र अनुमोदनबाट भएका भनेर बुझिन्छ I 

ती सबै ओली सरकारका धारणा भनेर देश र दुनियाँले बुझ्दछ I  ओली सरकार र उनको परराष्ट्र मन्त्रालय त्यहाँ गंभीररूपमा चुकेको थियो - अक्षम्य गल्ती गरेको थियो I 
*****
बिमस्टेक सम्मेलनमा बिमस्टेक राष्ट्रहरूसँग संयुक्त सैन्य अभ्यास गर्ने सहमति जनायो, सेनालाई सहभागिताको स्वीकृति दियो I 
दुई दिन पछाडि भाग नलिने निर्णय गर्यो !

*****
यस्ता गम्भीर विषयहरूमा हचुवा , अराजक र अन्यौलग्रस्त मानसिकतामा सरकार देखियो I 
यसले सरकारको विश्वसनीयतामा खडा गर्यो I 
*****
हाल आएर एउटा जताततै विवादमा आएको इसाई एनजीओ र आइएनजिओले नेपालमा उसको धार्मिक कार्यक्रमको आयोजना गर्यो I 
प्रधानमन्त्रीको शपथ लिंदा ईश्वरको नाउमा शपथ सम्म नलिने नेपालका प्रधानमंत्री उक्त क्रिश्चियन सँस्थाका अतिथिहरूको स्वागत र सम्मानकालागि तीन दिनसम्म सारा सरकारी कामकाज छोडेर -सरकारी निवासमा बस्न छोडेर होटलमै बसेको समाचार आयो I 

कसैलाई येशुको छोरी घोषणा गर्ने र इसाई धर्ममा प्रवेश गर्नेहरूकालागि इसाई परम्परा अनुसार आशिर्वाद दिने र दीक्षित गर्ने कार्य उक्त सम्मेलनको मूल उद्देस्य देखियो र त्यसकोलागि विगत र वर्तमानका विदेशी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूलाई आमन्त्रण गर्ने पत्रमा नेपालका प्रधानमंत्रीको हस्ताक्षर रहेको र प्रधानमंत्रीका परराष्ट्र सल्लाहकार सो निमन्त्रणा पत्र बोकेर ती विदेशी नेताहरू समक्ष पुगेकोबारे विगतमा गृह र रक्षा मंत्री समेत भैसकेका ओलीजी कै दलका वरिष्ट नेता भीम रावलले सार्वजनिक रूपमै उल्लेख गरेका छन् I

***** 
विश्व एक किसिमको धार्मिक द्वन्द्वमा छ I भारत त्यस्तो द्वन्द्वको पीडा र चुनौती भोगिरहेको छ ! प्रधान मंत्री मोदी र उनको दल मुसलमानहरूका साथसाथै मूलत: विश्वभरीका र भारतका इसाई आस्थाका राजनीतिक व्यक्ति र समुदाय बाट कडा प्रहार बेहोरिरहेका छन् I 
चीन पनि कट्टरपन्थी मुसलमान र इसाई समुदायबाट त्यस्तै चुनौती बेहोरिरहेको छ I 

त्यस अवस्थामा भारत र चीन दुबैको विरोध गरिरहेको उक्त इसाई एनजिओको कार्यक्रमलाई नेपाल सरकारले आफ्नो उच्चतम राजनीतिक प्राथमिकताको कार्यक्रम बनाएको अवस्थाले नेपालकाप्रति भारत र चीन दुबैतिर शंका र अविश्वासको स्थिति निर्माण भएको हुनुपर्दछ I 
*****
माधव नेपाल त धेरै बर्ष देखि त्यस्तो सन्देहास्पद गतिविधिमा संलग्न रहेको बुझिएकै थियो I  स्पष्ट र खरो दृष्टिकोण राखेर राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अश्मिताका प्रतीकको रूपमा मुलुकमा एउटा छवि बनाएका केपी शर्मा ओली वास्तवमै राज्य संचालनमा गैर जिम्मेवार बन्दै गएका हुन् त ?

उनका आसपासका व्यक्ति उनी मार्फत राष्ट्रिय खतरा आमन्त्रण त गरिरहेका छैनन् ?

*****
तर पीडा र बिडम्बनाको कुरो के छ भने यतिखेर यही प्रणाली अन्तर्गत मुलुकसँग र नेकपासँग ओलीको विकल्प देखिन्न र यो अत्यन्त खतरनाक स्थितिमा रुपान्तरण हुने सम्भावना तर्फ अघि बढिरहेको पो छ कि ?

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्दका दुई कार्यकर्ता पक्राउ

        तनहुँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द समूहका दुई स्थानीय नेतालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।   

 देउवाले नभेटेका रअ प्रमुखले प्रधानमन्त्रीलाई कस्तो सन्देश पठाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाईसिस वीङ्स (रअ) का प्रमुखसँग नभेटेको बुझिएको छ । अचानक

शान्तिसुरक्षाको अधिकार प्रदेशलाई हुनुपर्छ : सभापति शाह

रुपन्देही, ७ साउन । संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले शान्तिसुरक्षाको अधिकार प्रदेशकै मातहतमा हुनुपर्ने बताएका छन्

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम टुंग्याउन आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य