अब भक्तको काखमा बस्दिनँ, जथाभावी नाच्दिनँ: राधे माँ

काठमाडौं । राधे माँका नामले चर्चित सुखविन्दर कौरमाथिको कारवाही हटाइएको छ । उनले लिखित रुपमा माफी मागेपछि जूना अखडाले उनीमाथि गरेको कारवाही फिर्ता लिएको हो ।

कारवाही हटेसँगै राधे माँ कुम्भ मेलाका लागि जुना अखडा पुगेकी छन् । उनको महामण्डलेश्वर उपाधि पनि फिर्ता दिइएको छ । उनीमाथि बिभिन्न आरोप लागेपछि जुना अखडाले निलम्बन गर्दै महामण्डलेश्वर उपाधी खोसेको थियो ।

अब उनी पुरानै महामण्डलेश्वर उपाधि सहित जुना अखडामा काम गर्न सक्ने भएकी छन् । यसका लागि भने उनले लिखित रुपमै संयम हुने प्रतिबद्धता गरेकी छन् ।

जुना अखडाका अनुसार, उनले भक्तहरुका काखमा नबस्ने वाचा गरेकी छन् । उनले भनेकी छन, ‘अब पहिले जसरी भक्तहरुका काखमा बस्ने, चुम्बन गर्ने, अंगालो हाल्ने गर्ने छैन ।’

उनले अर्का शर्तमा पनि मञ्जुरी जनाएकी छन् । जसमा जथाभावी ननाच्ने बताएकी छन् । ‘जथाभावी नाच्ने, गाउँने गर्ने छैन’ उनले भनेकी छन् ।

यस अघि उनी भक्तहरुसँग रमाइलो गर्दै नाच्ने गाउँने गर्दै आएकी थिइन् । पार्टी तथा समारोहहरुमा आइटम गीतहरुमा समेत नाच्ने गरेकी थिइन् ।

त्यस्तै, भक्तहरुका काखमा बस्ने, अंगालो हाल्ने, चुम्बन गर्ने उनको नियमित क्रियाकलाप जस्तै भएको थियो । तर, यस भने उनले माफी मागेकी छन् ।

उनको निलम्बन फुकुवासँगै २५ डिसेम्बरमा हुने कुम्भ मेलामा सहभागि हुने भएकी छन् ।

यससँगै कुम्भ मेलामा हुने तीन शाही स्नानमा पनि सहभागि हुने छिन् । जुना अखाडाको महामन्डलेश्वरको रुपमा उनले अन्य सुविधा पनि पाउने भएकी छन् ।

उनीमाथि गरिएको कारवाही फुकुवा भएको र सफाइ दिएको जुना अखडाका संरक्षक महन्त हरि गिरीले बताए । महन्त गिरीसहितको टोलीले छानविन गरेको थियो । तर, उनका विरुद्ध कुनै पनि गम्भीर आरोप नभएको र अपराधिक मुद्दा पनि नरहेको अखडाले जनाएको छ ।

महन्त गिरीले भने, ‘राधे माँका बारेमा धेरै टोलीले छानविन गरेको छ । कुनै पनि टोली गम्भीर गल्ती भेटेको छैन ।’ उनलाई ६ वर्ष अघि जुना अखडाले निलम्बन गरेको थियो ।

यस्तो गर्थिन राधे माँ
">http://

वास्तुले भन्छ, यसरी हुन्छ धनवृद्धि

एजेन्सी । वास्तुशास्त्रको अनुसरण पौराणिक समय देखि नै गरिँदै आएको भएपनि पछिल्लो समय यसको आकर्षण ह्वात्तै बढेको छ । यसको आधुनिक व्याख्या गर्न शुरु

यसकारण गायत्रीलाई ‘वेदमाता’ भनिन्छ

एजेन्सी । आज अर्थात् जेष्ठ शुक्ल एकादशीको दिनलाई गायत्री जयन्तीको रुपमा मनाइने गरिएको छ । हिन्दु धर्मावलम्बीहरुले गायत्री मातालाई विशेष रुपमा

हेपाईमा पर्यो  \'रावण’ को जन्मथलो 

  गलेश्वर । धार्मिक पर्यटनको हिसाबले विश्वकै ध्यानाकर्षण गर्नसक्ने सम्भावना बोकेको म्याग्दीको एक महत्वपूर्ण स्थान प्रचारप्रसार, भौतिक पूर्वाधार

एउटा संगीन प्रश्न: के ओशो मारिएका थिए ?

काठमाडौं । हिन्दूस्तान टाइम्सका सम्पादक अभय वैद्यको खोजमूलक पुस्तक ‘हू किल्ड ओशो’ का सम्बन्धमा एक अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको छ