नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक आज

काठमाडौ,१७ मंसिर । नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि राजधानीमा सुरु हुने भएको छ । बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । 

बैठक सोमबार र मङ्गलबार दुई दिनसम्म चल्नेछ । नेपाल–बङ्गलादेशबीचको ‘संयुक्त कार्य समूह’को बैठक आयोजना गरिएको छ । बैठकमा सहभागी हुनका लागि बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज काठमाडौ आईपुगेका छन् ।

नेपालकोतर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बैठकमा नेतृत्व गर्नेछन् । सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक तय भएको छ । बैठकमा नेपालकोतर्फबाट सहसचिव दिनेश घिमिरे र बङ्गलादेशकोतर्फबाट ऊर्जा विभागका सहसचिव शेख फैजुल अमिनले बैठकको नेतृत्व गर्नेछन् ।

बैठकमा अन्तरदेशीय प्रसारण लाइन तथा प्रसारण संयन्त्रका विषयमा छलफल हुनुका साथै विद्युत् व्यापारका बारेमा दुवैपक्षबीच छलफल हुनेछ । नवीकरणीय ऊर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युत्मा बङ्गलादेशले लगानी गर्नेसम्बन्धी छलफल र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रबद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकाजुर्न राव (जिएमआर) बाट ५०० मेगावाट बिजुली बङ्गलादेशले खरीद गर्नेबारे बैैठकमा छलफल हुनेछ ।

ऊर्जामन्त्री वर्षमान पुनले गत भदौमा गरेको बङ्गलादेश भ्रमणमा दुवै देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले त्यसका लागि छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए ।

बङ्गलादेशसँग ऊर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । काठमाडौँमा भएको उक्त समझदारीमा बङ्गलादेशको तर्फबाट ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए ।(रासस)

शेयर लगानीकर्ताको धर्नामा कांग्रेस नेताको एक्यबद्धता

काठमाडौँ, २५ मंसिर । शेयर लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेन्जको कार्यालयमा धर्ना दिएका छन् । उनीहरु धितोपत्र बजार सुधारको माग राख्दै स्टक

 कर बुझाउन झापा झर्ने झण्झटबाट मुक्त भए करदाता

पाँचथर । दुई जिल्लालाई लक्षित गरी फिदिममा करदाता कार्यालय स्थापना भएपछि पाँचथर र ताप्लेजुङका करदातालाई सहज भएको छ । यसअघि यहाँका उद्योगी–व्यवसायी

‘ट्रान्जिट पर्मिट’ का कारण जडीबुटी निर्यातमा समस्या

बाँके,२५ मंसिर । ‘ट्रान्जिट पर्मिट’ का नाममा भारतले अनावश्यक झमेला गर्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको छ । भारत उत्तर प्रदेशका वन

गुणस्तर विभागसँग मिलेर सशस्त्र प्रहरीमा आर्थिक अनियमितता

काठमाडौं । सशस्त्र प्रहरी बलका लागि खरिद गरिएको सामानको गुणस्तर परीक्षण गर्दा गुणस्तर तथा नापतौल विभागको समेत मिलेमतोमा आर्थिक अनियमितता भएको