गैंडाको छाला र ओली सरकार

पुरै जंगल फन्को मारिसक्दा पनि कुनै शिकार फेला नपरेपछि चर्दै गरेको गैंडालाई एक फायर गरि घर फर्केछ, शिकारी । केही दिन विश्राम लिएर मात्र जंगल पस्ने निधो गरेर उ अरु नै काममा लागेछ । 

यसोउसो गर्दा केही दिन पनि बित्यो । सोचेछ, अब त पक्कै पनि नयाँ जनावर चर्न आए होलान् जंगलमा । केही नपाए दुम्सी या खरायो त अवश्य फेला पर्लान् । ‘आज चाहिँ केही न केही शिकार लिएरै फर्किन्छु’ भनेर मनमा गुन्दै शिकारी लागेछ जंगलतिर । 

घरबाट निस्केर जसै शिकारी जंगलतिर लाग्यो, उताबाट अनौठौ आवाज आएर उसको कानमा ठोक्कियो । यसअघि कहिल्यै पनि नसुनेको आवाज सुनेर उ केहीबेर टक्क अडियो र श्वास रोकेर सुन्यो । आवाज त विचित्रको छ, कोही खित्का छोडेर हाँसे जस्तो । यस्तो हाँसो अनि जंगलमा १ शिकारी छक्क पर्यो । ‘जंगल जाउँ कि फर्कौं घर’ भन्ने दोधारमा निकैबेर अल्झिएपछि शिकारी बढ्यो जंगलतिर। 

आवाज आएको ठाउँको निकै नजिक पुगेपछि उ अक्क न बक्क भयो । त्यो अट्टहास गरेर हाँसिरहेको त अरु कोही नभएर उसैले गोली ठोकेर छोडेको गैंडा पो रहेछ !

उसलाई लाग्यो गोली लागेको गैंडा त मर्नु पर्थ्यो कि घाईते भएर लडिरहेको पो हुनुपर्थ्यो । तर यहाँ त गैंडा हाँसिरहेको छ १ यो के आश्चर्य हो रु
डराउँदै डराउँदै शिकारी नजिकै गयो र हाँसिरहेको गैंडालाई सोध्यो– ‘किन यसरी हाँसिरहेको तिमी हँ, भन त ?’

बिस्तारै सम्हालिएको गैंडाले शिकारीलाई जवाफ दियो– ‘भाइ, तिमी त मलाई एक फायर हानेर घर फर्कियौ, तर भोलिपल्टदेखि गोली लागेको ठाउँमा मलाई काउकुती लागेर खपिसक्नु भएन । अनि नहाँसेर म के गरौं भन त ?’

शिकारी ट्वाल्ल पर्यो र अर्को शिकारको खोजिमा लाग्यो । गैंडा पनि शिकारीसँग आफ्नो व्यथा पोखेपछि केही सन्चो महसुस गरेर नित्यकर्ममा   लाग्यो । 

कथाको गैंडासँग मिल्दोजुल्दो छ, यतिबेला हाम्रो सरकार । उसको कानको छाला गैंडाको जस्तै बाक्लो भएको छ । त्यसैले सरकार जनताको आवाज सुनिरहेको छैन । सुन्न सकिरहेको जस्तो लाग्दैन । 

नारा लागेको छ, सरकार नारा सुन्दैन । जनताका आवाज सुनेनौ भनेर संचार माध्यमले समाचार प्रकाशन प्रशारण गरिरहेका छन् । सरकार यो पनि थाहा पाउँदैन । पोल पोलमा निर्मलाको पोष्टर टाँसिएका छन्, सरकार त्यो पनि देख्दैन । सोसल  मिडियामा पलपलमा झक्झक्याउने सूचना आईरहेका छन् । सरकार त्यो समेत सुन्दैन । 

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछि आमाको पीडा र न्यायका लागि देशभरीबाट भइरहेको विरोध पनि सुन्दैन । काँकडभिट्टाको भन्सार छलि र तस्करीको समाचार पनि सरकार सुन्दैन ।

क्रिश्चियन धर्म प्रचार गर्ने सुनियोजित अभियानमा सरिक नबन भनिरहेका छन् जनता । सरकार नटेरी आयोजक बन्छ र जनतालाई आफ्नो पिठ्यूँ देखाईदिन्छ । 

जहाज खरिदमा अर्बौं भ्रष्टाचार भयो । अपराध बढ्यो । अनियमितता रोकिएन । महंगीको मारबाट मुक्ति मिल्ने उपाय खोज भनिरहेका छन् जनता । सरकार यी कुनै पनि गुनासा र खबरदारी सुन्दैन । कहिल्यै कुनै पनि बेला सुन्दै सुन्दैन । 

सरकारको कानको छाला गैंडाको जस्तै बाक्लो भएको छ, अझ त्यो भन्दा पनि बाक्लो भएको छ । जननिर्वाचित सरकार हुनु अनि जनताको कुनै पनि वैधानिक आवाज नसुन्नु गणतन्त्रको सबैभन्दा निम्नकोटीको व्यवहार हो । खड्गप्रसाद शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपाको सरकार यही निम्नकोटीको काम गरिरहेको छ यतिबेला । यतिमात्र होइन, लोकतन्त्र बहाल रहेको देशमा जनताका आवाज नसुन्नु सबैभन्दा डरलाग्दो अवस्था हो । जनताले चुनेका प्रतिनिधि, तिनीहरु रहेको संसद् अनि संसद्ले निर्वाचित गरेको सरकार जो तिनै जनताका आवाज सुन्दैन । यो भन्दा स्तव्ध पार्ने कुरा अरु के हुन सक्छ रु यो सुखद् संकेत हुँदै होईन । कि त यो देशलाई अधिनायकवादतिर घिसार्ने सुनियोजित चाल हो कि सर्वसत्तावादतिरको जवर्जस्त यात्रा । जनताले अब यस्तो अवस्था सहेर बस्नु हुँदैन । 

जनताको आवाज कुल्चँदै सरकार कसको सेवा गर्न चाहिरहेको छ भन्ने कुरा अब कुनै रहस्यको बिषय पनि रहेन । देशकै प्रतिष्ठामा आँच आउने गरी भएको निर्मला हत्या काण्डका दोषी लुकाएर सरकार कसको सेवा गरिरहेको छ भनेर जनताले औंला ठड्याएको चार महीना भइसकेको छ । अरु एक होइन अनेक बलात्कार र हत्याका घटना थपिएका थपियै छन् । अनुसन्धान शुन्य छ, अपराधी सुरक्षित छन् । जनता भने सधैं भयभित   छन् । अब सबैले प्रश्न गर्ने र उचित जवाफ पनि खोज्ने समय आएको छ– सरकार कसको सेवा गरिरहेको छ रु किन अनेक किसिमका विद्वेष र विग्रह फैलाउन उद्यत छ सरकार ?

सरकारले त सुनेन सुनेन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेत कानमा तेल हालेर बसे झैं देखिएको छ । जनताका पक्षमा सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्ष नै सुतुरमुर्ग जसरी बसेको छ भने जनता गुहारुन् कसलाई । सरकारले ललकारेका जनताको आवाजलाई अब सुन्छ कसले त ?

अब अरु कसैले सुनेन भने आफ्ना आवाज सुनाउन र देशमा जवर्जस्ती रोप्न खोजिएको विद्वैषको वीष रोक्न जनता स्वयं उठ्नु पर्छ । हिजो निरंकुश शासन जवर्जस्ती थोपर्न खोजेको अधिनायकवादी सत्तालाई जनता आफैंले पल्टाएको इतिहास छ । यिनै दल र उनै नेता हुन् कुना पसेका जसलाई जनताले नै सडकमा घिस्याएर निकालेका थिए, इतिहास यसको साक्षी छ । तसर्थ गैंडाको जस्तो बाक्लो छाला भएको सरकारको ध्यान आकर्षित गर्न जनता स्वयंले उसले थाहा पाउनेगरी झक्झक्याउनु आवश्यक देखिएको छ । अन्यथा यो थेत्तरो सरकारको भर परिरहेमा दु:ख पाउने त जनताले नै हो, अन्तत: देशले नै हो । 

 राष्ट्रपतिले किन धान रोपिनन् ?

 यो वर्षको असार १५ आयो गयो । दही चिउरा खाएर मनाउने यो पर्व देशैभरी मनाईएको छ । कृषिप्रधान देश नेपालमा यो दिन पर्व र संस्कृतिका रुपमा मनाउने चलन

ध्रुवस्थलिका बाँदर र २१ तोपको सलामी

शहरसँगै जोडिएको भएपनि शहरको कोलाहलबाट मुक्त झैं लाग्छ ध्रुवस्थलि । विमानघाट देखि आर्यघाट ओहोर दोहोर गरिरहने धेरै मानिसलाई पनि अत्तोपत्तो नहुनसक्छ

यस्तो रहेछ प्रचण्डको मनको कुरा 

काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मनको कुरा ओकलेका छन् । जे मनमा थियो त्यसलाई लुकाईराख्न नसकेका उनले अन्तत सार्वजनिक सभामा

 प्रधानमन्त्री ओलीको ओरालो यात्रा

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको ओरालो यात्रा सुरु भएको छ । जनमतले निकै शक्तिशाली प्रधानमन्त्री बन्न पाएका खड्गप्रसाद शर्मा ओली उकालो यात्रामा