एकनाथ ढकालको आवरणमा सी. आई. ए

युनिभर्सल पिस फेडेरेशनले गर्न लागेको ‘एशिया प्यासिफिक समिट २०१८’ (जो काठमाडौमा हुँदैछ )  सि.आई.ए . को गुरुयोजनामा हुँदैछ । अन्तर्धार्मिक सँञ्जाल लगायत अमेरिकन आइएनजीओ पर्दा पछाडी रहेर पर्दाबाहिर रहेर यूपीएफको ब्यानरमा यो कार्यक्रम तय भएको हो । स्मरण रहोस् अन्तर्धार्मिक सँञ्जालका अध्यक्ष डा. केबी रोकाय हुन् ।

सन्  १९८६ मा सिँगापुरमा भएको क्रिश्चियनहरुको एशिया साउथ प्यासिफिक कँग्रेसले अर्थात एशियाका स्थानीय मौलिक धर्मसँस्कृतिलाइ्र्र समाप्त पारेर क्रिश्चियानिटी फैलाउनका लागि एसियालीहरुलाई प्रयोग गर्ने रणनीति निर्माण ग¥यो । शान्ति र सेवाका नाममा सनातन हिन्दु, बुद्ध धर्ममाथि अनास्था, घृणा सिर्जना गराउने र चर्च बिस्तार गर्ने नीति बनाए ।

कोरियाली प्रायद्वीपमा बुद्ध धर्मप्रति र दक्षिण एशियामा हिन्दु धर्र्ममाथि प्र्रहार गरिएको छ । अर्कोतर्फ दलाई लामामार्फत बुद्ध धर्मको बदनाम गर्ने र हिन्दु सम्म्राटको आवरणमा सनातन हिन्दुधर्म सँस्कृतिमाथि प्रहार मश्चिमाहरुका दुई भिन्न पाटा देखिन्छन् । भारतमा ब्रिटिस साम्राज्यवादको स्थापनाको उद्देश्य सम्बन्धमा तत्कालीन इष्ट इन्डिया कम्पनी अध्यक्ष लड मेकालेले सन् १८५७ मा ब्र्रिटिस सँसदमा यसरी भनेका थिए, ‘इङ्ल्यान्ड’लाई भाग्यले भारतको बिस्तृत साम्राज्य सुम्पेको छ । यस शासनबाट ईसामसिहको झन्डा विजयोल्लासको साथ भारत एक छेउदेखि अर्को छेउसम्म फर्फराईन्छ, जसबाट भारतलाइ्र्र ईसाई बनाउने काममा कुनै किसिमको विलम्ब हुने नपाओस् । (सोर्सेज अफ इ्रन्डियन टे«डिसन, उधृताँश, भारतीय चिन्तन परम्परा, ३५६)

एशियाली राष्ट्रहरुलाई विभाजन, द्धन्द र विभिन्न फरक–फरक आयमबाट आफ्नो नियन्त्रण कायम गर्न पश्चिमा साष्ट्रहरुको वृहत अध्ययन पश्चात सिधाबाटो एकपछि अर्काे असफल बन्दै गएपछि ईसाइ्रहरुको राजनीतिकरण गर्नुपर्ने निष्कर्षका साथ दक्षिण एशियालाई प्रयोग गरिएको छ । राष्ट्रिय संघीय महासचिव वान कि मुन र विवादास्पद संस्था एपेक अगाडि सार्दै प्रचन्डमार्फत बुद्धको आवरणमा लुम्बिनी प्रयोग गर्ने प्रयत्न पहिला भएको थियो । जुन असफल भयो त्यसैको नयाँ आयम हो यो कार्यक्रम । पास्टर सन म्योङ्ग मुन लगायतको नेपालमा सक्रियता अझ खतरा छ । पछ्रिल्लो चरणमा अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको उद्देश्य पनि योभन्दा भिन्न छैन ।

दक्षिण कोरियाको बाटो नेपाल हुँदै उत्तर कोरिया र चीनलाई घेराबन्दी गर्न आधार क्षेत्रको रुपमा यसप्रकारको नयाँ रणनीतिमा दक्षिण कोरियालाई प्रयोगमा ल्याइएको छ । यो शितयुद्धकालीन अवस्थामा सोभियत संघको घेराबन्दी जस्तै दक्षिण एसियालाई आफ्नो मुठ्ठीमा पार्ने रणनीति अन्तर्गतको अभियान भन्दा अतियुक्ति नहोला । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासागीमा आणविक बम खासालेपछि लाखौ निर्दोष जापानीहरुको मृत्यु भयो । जापानको सैनिक, सामाजिक, आर्थिक, साँस्कृतिक  अवस्था पूर्णरुपमा ध्वाँश हुन गयो । सन् १९४५ पछि जापानको दक्षिण कोरियासँग सबै सम्बन्ध टुट्न गयो । यहि समयदेखि राष्ट्रसंघको आवरणमा पश्चिमा साम्राज्यवादले दक्षिण कोरियामा आफ्नो पकडसँगै क्रिश्चियनीकरण गदै एसिया महाद्वीपमा प्रयोग गरिने शिलशिला प्रारम्भ भयो । यस समयमा उत्तर तथा दक्षिण कोरियामा प्रशस्त संख्यामा इसाई पादरी बनिसकेको थिए ।

दोस्रो विश्वयुद्धमा नटुँगिएको अध्यायलाइ्र्र पश्चिमा साम्र्राज्यवादी शक्तिले इसाईत्वको प्रबद्र्धन गरी दक्षिण एशियामा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न चालेको गोटिका रुपमा माओवादको आवरणमा पहिले माओकै चीन ध्वंश गदै दोस्रो भारत ध्वंश गर्ने अभियान फ्यूजन भएर आएको थियो, असफल भयो  । पछिल्लो चरणमा दक्षिण कोरियालाइ्र्र केन्द« बनाएर कोरियाली सँस्कृति लोप गराउने कार्य भईरहेकोमा भारत र नेपालमा माओवादी ब्यानरमा इसाईत्वको विस्तार गरियो । जसरी कोरियाली जनताले मान्दै आएको बुद्ध धर्मको लोकप्रियतालाई नियन्त्रण गर्ने क्रमशः इसाइ्र्रत्वको धारले बौद्ध मतलाई पराजित गर्न दुरगामी योजनाको रचना जस्तै सनातन साँस्कृतिलाइ्र्र दक्षिण एशियामा ध्वाँश गर्ने माओवादको रचना गरियो, सर्वहारा सँस्कृतिको आवणमा । यो असफल भएपछि यूनिभर्सल पिस फेडेरेसनको आवरणमा पुनः सीआईए मिसनरी सक्रिय भएको छ ।

यथार्थमा यो दोस्रो विश्वयुद्धकै समयमा रचिएको षड्यन्त्र थियो । माओकै समयमा चीनमा बुढेसकालको कमजोर अवस्थाको फाइदा लिदै माओकै ब्यानरमा च्याङ्चिङ लगायतले चलाएको साँस्कृतिक क्रान्ति खतरनाक थियो । जसलाई देङ्गले सच्याए, हु जिन्ताओले ख्रिष्टानीकरण बिरुद्ध सास्कृतिक नीति सन् २०११मा पार्टीको प्लेनबाट पारित गराए । राजनीतिमा स्थानीय धर्म, सँस्कृति, सँस्कार दर्शनले प्रभाव पारेको हुन्छ । सुदूरपूर्वका देशहरुमा बौद्ध दर्शन एवँ सँस्कृतिको प्रभाव छ भने दक्षिण एशियामा हिन्दु, बौद्ध, मुस्लिम, सनातन सँस्कृतिको । बौद्ध धर्ममा विशेष लोकपृय रहेका चीन, जापान, उत्तर र दक्षिण कोरिया आपसमा एकीकृत शक्तिको रुपमा एशिया पूर्वको उदाउँदो महाशक्ति नै हो । यसलाई विभाजन गरेर शक्ति हत्याउन पश्चात्य शक्ति पुर्वका देशहरुमा ईसाई धर्मको प्रत्यक्ष र परोक्ष ढँगबाट प्रबद्ध्र्रन गर्दै यहाँको जन मनोविज्ञानमा प्रवेश गरेको छ । दक्षिण एशियामा माओबाद र हिन्दु आवरणका जोगी र दक्षिणपंथी पार्टीहरु मार्फत दोहोरो रणनीति अन्र्तगत घोगा फल्ने तर गेडा नलाग्ने मनसान्टो मकै जस्तै वर्णशंकरकरण गदै शक्ति नियन्त्रणको नवीनतम् रुप खडा गरिरहेको अवस्था हो । अहिले कथित मधेश मिशन जोडिएको छ ।

भारत–नेपाल, श्रीलंकालगायतका मुलुकहरुमा ईसाईत्वको आफ्नो शक्तिको लक्षित स्थिति प्राप्त गर्न पहिचान र जातीय आत्मानिर्णयको नाममा माओवाद र जातिवादको आवरणमा द्धन्द निम्त्याई आफ्नो अग्राधिकार कायम गर्ने प्रयत्न भईसकेको छ । हाम्रै अगाडि साक्षी, दक्षिण अमेरिका, कंगो, हाईटी, इराक, भारत, अंगे्रजकालीन उत्तर अमेरिका, (आदिवासी रेड ईन्डियन), अष्ट्रेलिया र भियतनाम आदिको प्रशंग । नेपालमा माओवादी, मधेश र जातिवादी आवरणमा त्यसरी नै कब्जा गरेर चीन–भारतविरुद्ध केन्दि«त गर्ने रणनीति अन्तर्गतको तथाकथित संविधानसभाको विघटनपछि त्यसैलाई निरन्तरता दिँदै कब्जा गर्न बिभिन्न तवरले अस्त्र फालिएको छ । यसलाई असफल बनाएर स्वयं भारत र चीनले नै सबैभन्दा महँगो मूल्य चुकाउनु पर्ने देखिन्छ । २०७२ को संविधान जारि पछि पुन ःकथित मधेश अगाडि सारिएको छ । यि घटनाक्रम पनि असफल बनेपछि । अहिले (युपीए) मार्फत सीआइए नेपाल केन्द्रित रहेको छ ।

नेपाल र पास्टर मुनमार्फत राजनीतिक प्रयोग

नेपाली युवायुवतीहरुलाई युनिभर्सल पिस फेडेरेशन, वल्र्ड युनिफिकेशन मुभमेन्ट, सुन्दरी प्रतियोगिता आदि जस्ता गैरसरकारी संस्था र विभिन्न माध्यमसँग जोड्दै ईसाई सैनिकीकरण अभियानमा लगिएको छ । त्यस्तै वर्तमान अवस्थामा राजनीतिक दलहरु बाहेक यहाँका विभिन्न जातीय संगठनहरुलाई मुनको इ्र्रसाई संस्थामार्फत प्रयोग गरिदै छ । ब्र्राहृमण, क्षेत्री, ठकुरी, दशनामी, जनजाति, आदिवासी भित्र यसको प्रभाव सशक्त  छ । बाईबलकै सिद्धान्तलाई राजनीतिक रंग मार्फत सेवा र शान्तिको बहानामा प्रयोग गरेको बुझिन्छ । संसारका अन्य धर्मसँग हातेमालो गर्दै क्रमबद्धरुपमा इ्र्रसाईको बर्चस्व माथि पार्ने यस किसिमको मोडल अपनाएको अहजै आँकलन गर्न सकिन्छ । मुनसँग भेट गर्ने दलका नेताहरुमध्ये पूर्व प्रधानमन्त्री मनमोेहन अधिकारी, माधवकुमार नेपाल, पूर्व सभामुख तारानाथ रानाभाट, उपराष्ट्रपति परमान्द झा, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला, जसलाई युनिभर्सल पिस फेडेरेशनद्धारा नेतृत्व तथा सुशासन शीर्षकमा पदक पनि दिएको थियो । मुनका छोरा हृयोङ जी मुन र योता मुनले तत्कालिन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सिंहदरबारमै पुगेका गिए । यसप्रकार मुनको संस्थाले उच्चतहका वरिष्ठ ब्यक्तिहरुलाई भेटेर सम्मान गर्दै आफ्नो कुटनीतिक एवं रणनीतिक पाईलाहरु अघि सारिरहेको पाईन्छ । शान्ति र प्रेमको शब्दाडाम्बरमा नेपाली राजनीतिमा ईसाईजगत खतरनाक रुपमा प्रवेश गरेको छ । मुन मार्फत मात्र होईन आरजु राणा र सुजता जोस्ट (कोईराला) मार्फत दर्जनौ गैरसरकारी संस्थामार्फत राजनीतिलाई प्रभाव पार्ने प्रभावशाली नेतृत्वको परिवारलाई नै जेलिएको पाईन्छ । त्यतिमात्र होईन, नेपालमा कतिपय संचारगृह, प्रभावशाली संचारकर्मीहरु समेत जेलिएका छन् विभिन्न आर्थिक प्रलोभनमा । जस्तो कान्तिपुर, नागरिक,नयाँ पत्रिका दैनिक ।

यो अवस्थामा नेपाललाई जोगाउन र हाम्रो सँस्कृतिक, धार्मिक र प्रजातान्त्रिक राजनीतिक प्रणालीको रक्षा कसरी गर्ने ? हामी सबैको चुनौती हो । विश्व ईसाईकरण अभियानलाई सशक्त बनाउदै दक्षिण एशिया कब्जा गर्ने उद्देश्यअनुुरुप ईसाईत्वको गोप्य सञ्जाल चलिरहेको छ । यो सञ्जालको उत्पत्ति दोस्रो विश्वयुद्धको  नीतिको पछिल्लो प्रयोग हो ।

क्रिश्चियन निशानामा शिक्षा र विश्वविद्यालय

‘मैले भारत वर्षको पूर्व–पश्चिम व्यापक भ्र्रमण गरेँ, त्यहाँको जनतामा नैतिक बल र धर्म प्रतिभा भेटेँ । हामीले उनीहरुको साँस्कृतिक र आध्यात्मिक परम्पराको मजबुत ढाडलाई जबसम्म भाँचिदिँदैनौ, तबसम्म गुलाम बनाउन सक्दैनौ ।

विश्वभरिका ईसाईहरुको सहयोगमा बौद्ध तथा हिन्दु राष्ट्र नेपाल र हिन्दु बाहुल्य देशहरुमा सन् १९५० को दशकदेखि ईसाइ्र्रत्वको प्रहार सवल पार्न यस प्रकारको अभियान संस्थागत गरिएको हो । नेपालमा २०२८ सालको नयाँ शिक्षा सेन्टजेभियर्स, सेन्टमेरिज र अमरज्योति उच्च मावि जहाँका छात्र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई माओवाद अहिले नयाँ शक्तिको ब्यानरमा ईसाइ्र्रकरणमा सामेल गराईए । जसरी दक्षिण कोरियामा ईसाई धर्म पुनः कमजोर हुनसक्ने स्थितिलाई मध्यनजर गरि विश्वविध्यालयमा प्रागिक खेती तयार गर्न तथा ईसाईत्वको भण्डार गर्ने उद्देश्यले प्रथम निशाना यहोवा महिला विश्व विद्यालय र योनसइ्र्र विश्वविद्यालयमा प्रवेशद्धारा नजिक धर्म प्रचारको थालनी गरियो । यहाँबाट ठूलो मात्रामा प्रतिज्ञा खेतिहरु सफल भए । त्यसरी नेपालमा २०२८ सालको नयाँ शिक्षामार्फत प्रवेश गरे ।

यो अभिायानको थालनी गरेको दुई महिना पनि नबित्दै ती विद्यार्थीका कारण उनिहरुको मण्डलीको आकार बिष्फोटक अवस्थामा पुगेको पाईन्छ । पछि विश्वविद्यालयका डिनले प्रायोङ किमलाई पठाई उक्त मण्डलीमा विद्यार्थीको प्रवाह रोक्नका लागि भेट्न पठाएको थिए, यहि क्रममा कट्टर ईसाईमतमा धर्मान्तरण भएका प्राध्यापक र विद्यार्थीहरु पनि निष्काशित भए । नेपालमा पञ्चायतको नयाँ शिक्षाबाट विद्यालयमा प्रवेश गरेको मन्दविष २०४६ सालको परिवर्तन पछि ईसाईत्वले तीब्र रुपमा छलाङ मा¥यो । त्यसैले अहिले यहाँको प्र्राज्ञिक उत्पादन हाम्रा लागि होइ्र्रन, पश्चिमाहरुकोे लागि भएको छ । स्पष्ट भाषामा भन्नु पर्दा साम्यवादी र प्रजातन्त्रिक राष्ट्रहरुमा ईसाईत्वको राजनीति जरा गाड्न अहिले दक्षिण कोरियन भूमि खतरनाक प्र्रयोगमा आएको छ । त्रि.वि.वि.देखि नेपालका सबै विश्वविद्यालयका निजी विद्यालयहरु पश्चिमा शिक्षा प्रणालीका कारखाना बनेका छन् ।

सन् १९६५ देखि नै पास्टर सन् म्योङ मुनले न्यूयोर्कमा रहेको ईसाइ्र्र ब्रदर क्याथोलिक सेभिनरीलाई खरिद गरेर एकिकरण थेउलोजी सेभिनरी (अर्थात बाइबल स्टडी ) सुरु गरेको थिए । उनले नेपालमा खेलिरहेको भूमिका कम खतरनाक छैन । नेपाली राजनीतिमा मुनको संस्थाले राजनीतिक आग्राधिकार जमाउन नेपाल परिवार दल खडा गरेको थियो । तिनै एकनाथ ढकाल अहिले ने.क.पा.मा छन् । उनको आवरणमा माधव नेपाल मार्फत सीआइएले यूपीएफको कार्यक्रम गर्न लागेको छ । घोषित रुपमै आएको जातीय पार्टीहरु तराईका क्षेत्रीय दलहरु अर्को पाटो हो । जसलाई बाबुराम भट्ठराईले सरकारमा महत्वपूर्ण स्थानमा ल्याएका थिए गुरुआमा यलिनरकै सुझाव र सल्लाहमा ।

हिन्दु तथा बौद्ध परिवारलई क्रमशः ईसाईत्वको पारिवारिक तथा सामाजिक रुपान्तरण गर्न प्रशस्त गृहकार्य गरिरहेको पाई्रन्छ । ब्कष्बल  उगदष्अि उभबअभ ब्mदबककबमयच लगायतका संस्थामार्फत एक देशको नागरिक अरु देशका नागरिकसँग विवाह गराउने प्र्रलोभन देखाएर नेपालका युवायुवतिहरुको साँस्कृतिक पारिवारिक पृष्ठभूमि खलबल्याउन उद्दत रहेका यस्ता संस्थाहरु सक्रिय छन् । जसरी विश्वविद्यालय मार्फत विद्यार्थीहरुमाथि नै प्रहार गरिरहेको छ । त्यसरी साँस्कृतिक रुपमा ठिमाह सन्तान उत्पादन साथ दीर्घकालीन रणनीति अपनाई्रएको छ । यस प्रकारको अन्तरजातीय विवाहमा बाँधिएका बरबधुलाई परिवारजनले अस्वीकार गर्ने समस्या र एकअर्काको साँस्कृतिक मनोवैज्ञानिक पृष्ठभूमिको पृथकताले उब्जने नैराश्यता र उनिहरुका छोराछोरीमा पार्ने नकरात्मक असरले भरिने छ ।

सन् १९६५ मा दश महिनाभित्र ४० देशहरु भ्रमण गरेका पास्टर सनम्योङ मुन जसलाई ईसाइ्र्र्र सञ्जालको निमित्त प्रशस्त वैदेशिक सहयोग प्राप्त भएको भनाइ्र्र छ । यतिबेला उनी अर्काे राजनीतिक विद्यालय माओवादी पार्टी विशेषतः प्रचण्ड र नयाँ शक्तिको आवरणमा बाबुरामहरु, ने.क.पा. मा  माधव नेपाल मार्फत नेपालमा सक्रिय छन् । १९७५ मै वी.पी. कोईरालालाई काठमाडौंमा जर्मन मुलुकका नागरिक शदुनरलाई भेट्न पठाएको पाइन्छ । विश्व ईसाई अभियानलाई सशक्त बनाउन नेपाल र दक्षिण एशियामा सशक्त अभियान चलिरहेको छ । नेपालको दरबार हत्याकाण्ड पनि अन्तर्राष्ट्रियस्तरमा सैन्य हस्तक्षेपद्वारा भएको खुलासा हुँदै आएको छ । दरबारको सुरक्षा गर्ने, नेपाली सेना जसका उच्च हाकिमका छोराछोरीहरु सेन्ट म्यारिज, जेभियर्स जस्ता स्कुल÷कलेजमा बिना शुल्क पढ्ने गर्दछन् । राष्ट्रसंघको आवरणमा सेनाभित्र पकड जमाईसकेका पश्चिमा सन्जाल नै दरबार हत्याकाण्ड गराउन सफल भएको छ ।

सैनिक दृष्टिकोणबाट वि. स. १९०३ को कोतपर्व पछि राजनीतिक रुपमा बहादुर शाहको अवशानपछि र शैक्षिक रुपमा नेपालमा २०२८ सालपछि भित्रियो । अहिले सक्रिय पाष्टर सनम्योङ मुनलाई कोरियाली जनाताको बिरुद्धमा एवं विश्व इ्र्रसाईकरणको पक्षमा पश्चात्य सेनासँग मिलेर देशद्रोह गरेको अभियोग पनि लागेको थियो ।  सन् १९५५ जुन ४ मा कोरियाली परिवारले मुनलाई जेल सजाय सुनाएको थियो । उनको प्रवासी नेपाली पत्रकार माझ पनि गहिरो प्रभाव छ । विवादास्पद संस्था एपेक मार्फत प्रचण्डको आवरणमा बुद्धको जन्मस्थल लुम्बिनी कब्जा गर्ने अभियानमा उनको भूमिका महत्वपूर्ण थियो । यहाँसम्मकी राष्ट्र संघका महासचिव वानकी मुन प्रचण्डको निम्तोमा लुम्बिनी आउने कुुराको बिरोध भएपछि नेपालमा आफुलाई प्रभाबशाली दाबी गर्ने एक दैनिकमा बानकि मुन बुद्धिस्ट भएकाले चाहाना राखेको भनेर (२०६८ चैत्र ६ कान्तिपुर सम्पादकीय) लेखाईयो । जबकि उनी क्रिश्चियन हुन् । यसबापत कतिपय प्रवासी पत्रकारहरुलाई मोटो रकममा बिक्री भएको सहजै बुझ्न सकिन्छ ।

कोरियाको राष्ट्रिय सैनिक सेवा छाडेर अमेरिकी सैन्य विभागमा प्र्रवेश गरेको मुन ईसाइ्र्रत्वको जरा गाड्न कुशल कुटनीतिज्ञ मानिन्छन् । उनी र उनी संलग्न संस्थाहरु अहिले नेपालका हरेक क्षेत्रमा चौतर्फी सक्रिय छन् । कतिपय जानेर र कतिपय अन्जानमा, कतिपय आर्थिक प्रलोभनमा यस्तो जघन्य राष्ट्रघाती अभियानमा सक्रिय छन् । जस्तो मल्पी इन्टरनेशनल एकेडेमी अन्तर्गतका विद्यालयहरुमा बाइबल राखिएको छ, जुन खतरनाक छ नेपाली राष्ट्रियता र सँस्कृति रक्षाका लागि ।

ग्रामीण क्षेत्रबाट उच्च शिक्षका लागि शहर आएको साधारण विद्यार्थी, जो काठमाडौँलगायत पोखरा, विराटनगर, बुटवल, वीरगन्ज, नेपालगञ्जजस्ता शहर बजार र सदरमुकाम वरिपरि समाज सेवाको आवरणमा प्रयोग भएका भेटिन्छन् । सस्तो डटपेन बिक्री गर्ने बहानमा बाईबलको प्रचारमा देखिन्छन् । बाहिर जिल्लाबाट उच्चशिक्षका लागि शहरका कलेजहरुमा पढ्ने सुन्दर भविष्यको खोजीमा रहेका युवाहरुलाई उनीहरुको यौवन उमेरमा वैदेशिक यात्राको प्रलोेभनमा प्रयोग गरिएको छ, जतिबेला धर्म सँस्कृतिप्रति खासै रुचि हुँदैन ।

धर्मिक, साँस्कृतिक एवं आध्यात्मिक विचलन पैदा गरी नेपाली समाजलाई भाँड्ने सँस्कृति, अस्मिता लोप गराई ईसाईत्वको मधुर विष प्रवाह गर्न विश्वविद्यालय र कलिला युवा युवतीहरुलाई प्रयोग गरिएको छ, लागुऔषधको मन्दविष जस्तै । यहि अभियान अन्तर्गत कुनै समय पाष्टर मुनका चेला रहेका पद्मरत्न तुलाधरले गाई काट्ने उद्घोष गरेका थिए । माओवादीले साँस्कृतिक जगमाथि हमला गर्दै आइरहेका थिए ।

त्यति मात्र होइन, कम्युनिष्ट आवरणमा माक्र्सवादी बिद्वान र विश्लेषकको आवरणमा प्रायोजित लेखकका मात्र लेख, रचनाहरु, अन्तर्वार्ता र स्तम्भ प्रकाशन गर्न समेत कतिपय संचारमाध्यममा पत्रकारलाई मोटो रकमका साथ ईसाई संस्थाहरुले प्रयोगमा ल्याइ्र्ररहेका छन् । (कारणवश उनीहरुको  नाम खुलाउन असमर्थ छु) जस्ले निरन्तर सँस्कृति, वर्ग संघर्षका विषय होइन, जातीय मुद्दाहरु प्रायोजित रुपमा उठाएको. छन् । योजनाबद्ध रुपमा मिडियालाई अघोषित रुपमा पश्चिमा साम्राज्यको हित रक्षार्थ प्रयोग गर्नु उनीहरुको अभियान छ । यसकारण मुलुकको रक्षका लागि आफ्नो परिवार र सँस्कृतिको पनि रक्षा गर्नु अनिवार्य छ ।

२०२८ सालको नयाँ शिक्षा नीतिबाट प्रवेश गरेको ईसाईत्व चरम र विकृतरुपमा पश्चिमा सँस्कृति बोकेर विश्वविद्यालयदेखि सडक चोक र गल्लीहरुसम्म पुगेको छ । राष्ट्रिय रुपमै नीति निर्माणको तहबाट यसको नियन्त्रणन गर्न सकिएन भने अहिले देखिएको जातीय अन्तरद्धन्द जस्तै अब प्रत्येक घरघरमा द्वन्द शुरु हुनेछ ।  (प्रकाश खबर डट कममा अर्जुन ज्ञवालीको विश्लेषण)

६ अर्ब करछली अभियोगमा ४२ फर्म माथि मुद्दा

काठमाडौ,२५ मंसिर । राजस्व अनुसन्धान विभागले झन्डै ६ अर्ब रुपैयाँ कर छलेको अभियोगमा ४२ फर्मविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ती फर्मसँग सम्बद्ध ७६

नेकपाको स्थायी समितिमा बहुमत कसको ?

काठमाडौं । नेकपाको वहुप्रतिक्षित स्थायी समितिको वैठक केही दिनमा वस्दैछ । वालुवाटारको सचिवालय वैठकमा कूल ९ सदश्य मध्ये ४ जना वरिष्ठ नेताहरुले

मिडियालार्इ अंकुश लगाउँदै प्रदेश सरकार

मकवानपुर,२५ मंसिर । प्रदेश ३ सरकारले सञ्चारमाध्यमको दर्ता खारेज गर्ने र पत्रकार तथा सञ्चालकलाई जेल हाल्न सक्ने प्रावधानसहितको कानुन लागू गर्ने भएको

अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए

कोही आइल्यान्डमा जेल परे, कोही हाइटीमा अलपत्र बने काठमाडौ,२५ मंसिर । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल