जियोनीका अध्यक्षले जुवामा हारे डेढ खर्ब

काठमाडौं, १४ मंसिर । स्मार्टफोन उत्पादक चिनीया कम्पनी जियोनीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सिईओ) लिउ लिरोङले जुवामा एक खर्ब ६० अर्ब रुपैयाँ हारेका छन् ।

चिनीया पत्रिका सेक्यूरिटीस टाइम्सले प्रकाशन गरेको एक रिपोटमा जिओनीका अध्यक्ष लिउले जुवामा एक अर्ब ६० करोड रुपैयाँ हारेपछि कम्पनी नै संकटमा परेको छ । उनले १० अर्ब चाइनिज युआन हारेको रिपोर्टमा जवनाएको छ ।

तर, अध्यक्ष एवं सिईओ लिउले यसको खण्डन गरेका छन् । उनले यसलाई हल्ला मात्रै भएको जनाएका छन् ।

उनी जुवाका शौखिन हुन् । प्रायः जुवा खेल्ने गरेका छन् । यस अघि पनि पटक पटक जुवामा हारेका समाचार बाहिर आएका थिए ।

उनले साइपन आइल्यान्डको इम्पेरियल प्यासिफिक रिसोर्टको क्यासिनामो जुवा खेल्दा हारेको जनाएको छ । यो पैसा कम्पनीको खाताबाट निकालेको पाइएको छ ।

जियोनी चर्चित स्मार्टफोन उत्पादन कम्पनी हो । यसले ६ प्रतिशत बजार ओगटेको छ । कम्पनीको खाताबाट एक खर्ब ६० अर्ब रुपैयाँ झिकिएपछि संकटमा परेको हो । त्यसयता उत्पादन कटौती गरेको जनाएको छ ।

यसका अध्यक्ष लिउले जियोनी कम्पनीले एक खर्ब ६० अर्ब रुपैयाँ गुमाएको स्वीकारेका छन् । उनले जुवामा नभएर शेयरमा गिरावट आउँदा गुमाएको प्रतिक्रिया दिएका छन् । जुन कम्पनीका कर्मचारीले समेत पत्याएका छैनन् ।

कसरी सकिंदैछन् उपत्यकाका खुला ठाउँ ?

  २४ कात्तिक २०७२ मा काठमाडौंको पुरानो बसपार्कमा व्यापारिक ‘भ्यू टावर’ को शिलान्यास भयो । त्यसपछि बसपार्क खुलामञ्चमा सारियो । राजनीतिक

काठमाडौंको १८०० सय रोपनी जग्गा मिच्ने को को हुन् ? (यस्तो छ विवरण)

काठमाडौं । सरकारी र सार्वजनिक जग्गा मिचिएको गुनासो बढेपछि २०४९ साल पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले

भन्सार अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध आइतबार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग

टोर्नाडोको नेपाली नाम : महाहुण्डरी,धूम हुण्डरी,बबण्डर !!

काठमाडौं,५ जेठ । गत चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडोको नेपाली नाम जुराउन विज्ञलाई सकस परेको छ । टोर्नाडो गएको झण्डै डेढ महिना बित्न लाग्दा पनि