अम्बानीकी छोरीलाई बिहेपछि बस्न ४५२ करोडको महल तयार

काठमाडौं । भारतीय अर्बपति निता र मुकेश अम्बानीकी छोरी ईशाको विहेको तयारी शुरु भएको छ । उनलाई बिहे पछि बस्नका लागि महल समेत तयार गरिएको छ ।

भारतीय मिडियाका अनुसार, ईशाको १२ डिसेम्बरमा आनन्द पिरामलसँग बिहे हुँदैछ । बिहेपछि बस्नका लागि सी फेसस्थित भव्य महल तयार गरिएको छ ।

यो सन् २०१२ मा ४५२ करोड भारतीय रुपैयाँमा खरिद गरिएको जनाएको छ । जुन यस अघि हिन्दुस्तान युनिलिभरसँग रहेको थियो ।

यो महल ५० हजार बर्गफिटमा रहेको छ । पाँचतले यो महललाई आनन्दका आमाबुवा स्वती र अजय पिरमलले छोराबुहारीलाई उपहार दिन लागेको जनाएको छ ।

अजय पिरमल संसारभरी १० अर्ब डलरको कारोबार गर्दै आएका छन् । उनी फर्मास्यूटिकल, फाइनान्सियल सर्भिसेज, रियल स्टेट, आईटी र सीसाको कारोबार गर्छन् ।

हिन्दुस्तान युनिलिभरबाट सन् २०१२ मा खरिद गरिएको यो महल सन् २०१५ मा पुनःनिर्माण गरिएको थियो । यसको सबै निर्माण कार्य सकिएको र आन्तरिक सजावट भइरहेको जनाएको छ ।

अहिले ईशा बस्दै आएको महल चार लाख बर्गफिटमा रहेको छ । अम्बानी परिवारको यो महल बेलायती राजपरिवारले बस्ने बकिङघम प्यालेसपछि संसारकै दोस्रो महंगो निवास हो ।

दुई तिहाई सरकार: कायर, निम्छरो र नकच्चरो तर्क

दुई तिहाईको ऐतिहासिक र बलियो सरकार किन यस्तो कायर, निम्छरो र नकच्चरो तर्क गर्दछ ? ***** ***** आफू हतारहतार कुनै कार्ययोजना तयार नै नगरी वाइडबडी खरिदको

धरापमा हिमालयन बैंक

काठमाडौं । केही समय पहिला हिमालजस्तै अटल रहेको हिमालयन बैंक ऋण उठाउन नसकेपछि धरापमा पर्न थालेको छ । उक्त बैंकले अन्धाधुन्दा जग्गामा लगानी गर्दा यस्तो

ओली बिरोधी मोर्चा कस्दै नारायणकाजी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एकीकरणको एक वर्ष एक महिना बित्न लागेको छ । तर, अहिलेसम्म पार्टी एकताले पूर्णता पाउन सकेको छैन । दुई पार्टीका

वाइडबडी भ्रष्टाचारलाई अख्तियारको संरक्षण,सरकार गुपचुप

 मालपोत कार्यालय चावहिल, काठमाडौंका नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले