जुकरबर्गले कर्मचारीलाई एन्ड्रोइड फोन प्रयोग गर्न भनेपछि...

कात्तिक २९ । सोसल मिडियाको अग्रपंक्तीमा रहेको फेसबुकका प्रमख कार्यकारी अधिकृत मार्क जुकरबर्गले आफ्नो व्यवस्थापन टोलीका सबै सदस्यहरुलाई एन्ड्रोइड फोन मात्र प्रयोग गर्न भनेका छन् ।

जुकरबर्गको यस्तो निर्णय आउनुमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले एक अन्तर्वार्ताको क्रममा फेसबुकले व्यक्तिगत सूचनामाथी आक्रमण गरेको आरोप लाउनु नै मुख्य कारण रहेको न्यूयोर्क टाइम्सले लेखेको छ ।

गत मार्चमा यस्तो टिप्पणी गरेका कुकलाई जुकरबर्गको अवस्थामा भएमा के गर्नु हुन्थ्यो भन्ने प्रश्न गरिएकोमा उनले आफु यस्तो अवस्थामा हुनै नसक्ने बताएका थिए । जुकरबर्गले त्यसलगत्तै एक अन्तर्वार्तामा कुकको टिप्पणीलाई अति नै निष्ठाहिन बताएका थिए ।

कुकको भनाइले जुकरबर्गलाई कति उक्सायो भन्ने कुरा स्पष्ट नभएपनि अमेरिकीहरुलाई एन्ड्रोइड मात्र चलाउन आदेश दिने कुरा तर्कसंगत रहेको छ । अहिले पनि अमेरिका बाहेक दक्षिण अमेरिका, युरोप, रसिया, दक्षिण एसिया तथा मध्य पूर्वमा एन्ड्रोइड प्रमुख अपरेटिङ सिस्टम नै रहेको छ ।

यो एउटा राम्रो व्यापारिक निर्णय पनि हो । स्न्याप जस्ता अन्य कम्पनीहरु पनि आफ्ना कर्मचारीहरुलाई एन्ड्रोइड नै प्रयोग गर्न प्रोत्साहन दिन्छन् । अमेरिकाका प्रविधिमा कामगर्ने कर्मचारीहरु यस्ता फोनको प्रयोग कम नै गर्छन्, जसले एपहरुमा काम गर्ने क्रममा अस्पष्टता सिर्जना गर्दछ । एन्ड्रोइड र आईओएसमा ठुलै भिन्नता रहेको छ, जसले एप निमार्ण र प्रयोगको अनुभवमा वास्तविक प्रभाव पार्न सक्छ ।

जुकरबर्गले यस्तो आदेश जारी गरेपनि फेसबुकका केहि व्यवस्थापनमा रहेका अधिकारीहरु ट्वीटर एकाउन्टमा उनिहरुले आईफोन नै प्रयोग गरिरहेको पाइएको छ । यसको अर्थ जुकरबर्गले आदेश दिएपनि यसलाई बलजफ्ती लागु भने गरेका छैनन् अथवा यि मानिसहरु व्यक्तिगत जिवनमा आईफोन नै प्रयोग गर्न चाहन्छन् । (एजेन्सीको सहयोगमा)

 

कार्यकारी शक्तिको प्रयोग गर्दै ट्रम्पले गरे संकटकालको घोषणा

वासिङटन, ५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । देशमा संकट वा आपत्

भेनेजुएला संकटका यस्ता छन् भित्रि कारण

काठमाडौं ।  विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक

आतंकवादी हमलामा नाम जोडेपछि पाकिस्तानको यस्तो जवाफ

एजेन्सी । काश्मीरको पुलवामा क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा परि ठुलो संख्यामा भारतीय सुरक्षा जवानको मृत्यु भएको विषयलाई भारतीय मिडियाले

तनावका कारण नशालु पदार्थको प्रयोग ?

लण्डन, २ फागुन । बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको एक