अरिङ्गालले टोकेर तीन वर्षीय बालकको मृत्यु

दैलेख, २९ कात्तिक । अरिङ्गालले टोकेर दुल्लु नगरपालिका–८ दुवारीचाखाका एक बालकको मृत्यु भएको छ ।

अरिङ्गालले टोकेर घाइते भएका स्थानीय मनिष नेपालीको मृत्यु भएको हो । तीन वर्षीय मनिषको दुल्लु अस्पतालमा उपचारका क्रममा निधन भएको वरिष्ठ अहेब खड्क शाहीले बताए ।

स्थानीय बासिन्दाका अनुसार, मनिका दाइले अरिङ्गालको गोलो चलाउदा उनलाई टोकेको हो । उनका दाइ भागेका थिए ।

अरिङ्गालले टोकेपछि उनको पूरी शरीरमा विष फैलिएको अहेब शाहीले बताए । परिवारनजले उनलाई धेरै पानी खुवाएका कारण उपचार गर्न नपाउँदै मृत्यु भएको अस्पतालले जनाएको छ ।

 सामाजिक सञ्जालप्रति कठोर बन्दै सरकार

काठमाडौं । सामाजिक सञ्जालमा जथाभावी मनको भँडास पोखेर रमाउने समय सकिँदै गएको बुझिन्छ । यसको सदुपयोगभन्दा दूरुपयोग भएको निष्कर्ष निकाल्दै सरकार

 अब यसरी पाउन सकिन्छ आफ्नै देशमा रोजगारी  

काठमाडौं । नेपालको संविधानले नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’

धादिङमा बस दुर्घटनाः चालकको मृत्यु,१३ जना घाइते

धादिङ,२७ माघ । लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेँसीबाट नलाङ

उपचार गर्दागर्दै सम्पत्ति सकिएपछि मन्दिरको बास

पर्वत,२६ माघ । क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थालेका छन् । फलेवास नगरपालिका–११ पाङराङका कँडेल