विद्यार्थीले नै गरे विश्वविद्यालयमा आगजनी

चितवन, २८ कात्तिक । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीले आगजनी गरेका छन् ।

विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोडेर मङ्गलबार साँझ  आगजनी गरेका हुन् ।

प्रहरी चौकी रामपुरका इञ्चार्ज शिवमङ्गल चौधरीका अनुसार डिनको कार्यालय भवनको १५, केन्द्रीय कार्यालयका २५ र प्रशासन भवनको १२ वटा झ्यालका सिसा फुटेका छन् । प्रशासनको ढोका फुटाएर भित्र प्रवेश गरी पेट्रोल छर्किएर फर्निचर र कागजपत्रमा आगजनी गरेको उनले बताए ।

केन्द्रीय कार्यालयको ढोका फोर्न नसकेपछि ढोकामै आगजनी गरेका थिए । तत्काल प्रहरी र विश्वविद्यालयका सुरक्षागार्डले आगो नियन्त्रणमा लिएको उनले बताए । यकिन तथ्याङ्क नआए पनि करीब २० लाखको क्षति भएको चौधरीले बताए ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आठ विद्यार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पक्राउ परेकालाई मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।

निजी कलेजलाई दिइएको सम्बन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका हुन् ।

सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया शुरु गरेपछि प्राध्यापक र विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

मृत्यु भैसकेका कर्मचारीको सडक विभागमा सरुवा !

काठमाडौं । कर्मचारी समायोजनका क्रममा १५ वर्ष अघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको

अभद्र व्यवहार गर्ने विद्यार्थी पक्राउ

चितवन, ७ जेठ । प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ

अठचालीस मेनपावरको कारोवार बन्द

काठामडौँ, ७ जेठ । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका

फोक्सुण्डोमा युवा मृत फेला

खलङ्गा ७ जेठ । डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव