'मि टू'ले सबैभन्दा ठूलो अनलाईन कम्पनीका अध्यक्षको राजीनामा

काठमाडौं । भारतको सबैभन्दा ठूलो अनलाईन व्यापार कम्पनी फ्लिपकार्टका सीईओ एवं अध्यक्ष बिन्नी बंसलले यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका छन् ।

भारतमा चलिरहेको यौन दुर्व्यवहार विरुद्धको ‘मि टू’ अभियान तहल्का मच्चाएको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिने उनी पछिल्लो उच्च पदाधिकारी हुन् ।

उनलाई फ्लिपकार्टकै पूर्वकर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । ति पूर्वकर्मचारीको नाम भने सार्वजनिक गरिएको छैन ।

बिन्नी र सचिन बंसलले सन् २००७ मा यो कम्पनी स्थापना गरेका थिए । पुस्तक बिक्रीबाट शुरु भएको उनीहरुको कारोबार अहिले इलेक्ट्रोनिक उपकरणसम्म पुगेको छ ।

जुन भारतको सबैभन्दा ठूलो अनलाईन व्यापार कम्पनी बनेको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि बिन्नीले आफैले स्थापना गरेको कम्पनीको सीईओबाट राजीनामा दिनु परेको हो ।

अहिले यौन दुर्व्यवहारको आरोपको विषयमा अनुसन्धान भइरहेकाले राजीनामा दिएको उनले बताएका छन् । उनले भनेका छन, ‘यो मेरो परिवारका लागि मुस्किलको समय हो । त्यसैले, कम्पनीको मुख्य कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षको पदबाट राजीनामा गर्ने निर्णय गरेको हुँ ।’

कम्पनीले पनि उनको राजीनामा स्वीकार गरेको जनाएको छ । कम्पनीले भनेको छ, ‘यौन दुर्व्यवहारको आरोपका विषयमा छानविन भइरहेको छ । अहिलेसम्म कुनै प्रमाण कुनै प्रमाण भेटिएको छैन । तथापि, छानविनमा सजिलो होस र निर्णयमा पारदर्शिता देखियोस भनेर बिन्नीले दिएको राजीनामा स्वीकार गरिएको छ ।’

 

मौसम बदलि अझै लम्बीने, सोमबारदेखि वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ

पुजारीको पहलमा बालविवाह रोकिदै

लमही, ५ फागुन । पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने

चट्याङले लागेर एकको मृत्यु, १० जना घाइते

पाँचथर, ५ फागुन । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ

पर्वतमा प्याराग्लाइडिङको सम्भावना प्रमाणित

पर्वत, ५ फागुन । दक्षिण पर्वतको बिहादी गाउँपालिकामा परीक्षण उडान सफल भएसँगै यस क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना देखिएको छ । उरामको