ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा ल्याप्टप फुटाउँदै कार्यक्रम बिथोलेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार नेपाल मधेस फाउन्डेसनले मङ्गलबार जलेश्वरस्थित रेडक्रस सभाहलमा ‘सामाजिक जवाफदेहिताका लागि औजारसम्बन्धी एकदिने अभिमुखीकरण’ कार्यक्रम गरिरहेको बेला राजपाका आठ÷दश कार्यकर्ता कार्यक्रमस्थलमा गएर तोडफोड गर्दै कार्यक्रम बिथोलेका थिए ।

राजपा कार्यकर्ताले सो कार्यक्रममा प्रयोग गरिएका डेल कम्पनीका आई फाइव ल्यापटप थान एक, कुर्सी थान एक तोडफोड गरेका थिए भने कार्यक्रमको ब्यानर झिकेर आगो लगाएर नष्ट गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट घटनास्थल पुगेका प्रहरी टोलीले थप क्षति हुनबाट जोगाएको थियो भने कार्यक्रम बिथोल्ने र तोडफोड गर्ने राजपा कार्यकर्ता फरार भएको नेपाल मधेस फाउन्डेसन महोत्तरीका संयोजक अर्जुनकुमार साहले बताए। रासस

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

टिपर दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा. ४ ख ९०१७

सुपरस्टार रजनिकान्त पनि ‘मीटू’ अभियानमा

नयाँ दिल्ली । दक्षिणी भारतीय सुपरस्टार रजनिकान्त ‘मीटू’ अभियानको समर्थनमा उभिएका छन् । भारतमा कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारविरुद्ध

सरकारी अस्पतालमा करोडौंको आम्दानी

चितवन, ५ कात्तिक । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार