मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै

गौशाला । आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीहरूले आज महोत्तरीलगायत मिथिलाञ्चलभर भैयादुज पर्व मनाइरहेका छन् । 

आज एकाबिहानै गाउँ शहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गरेका हुन् । 

उनीहरूले ओखलमा गोबरसँगै कुटेको केराउका दाना गोबरबाट झिकेर सफा गरी आ–आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै बजरी खुवाएका छन् । दिदीबहिनीले “बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा” अर्थात् बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु भन्ने भनाइका साथ दाजुभाइलाई आँगनमा राखेर माला, फूल र चन्दन लगाई बजरी खुवाएर यो पर्व मनाएका छन् । 

बजरी खाएपछि दाजुभाइले आ–आफ्नो क्षमताअनुसार दिदीबहिनीलाई सुन, चाँदी, कपडा र अन्य विभिन्न कोशेली र उपहारसमेत दिने गर्दछन् । मिथिलाञ्चलमा भैयादुज पर्व निकै उल्लास र खुशीका साथ मनाइन्छ । रासस

महानगर प्रमुखको अध्यक्षतामा बन्ने भयो विपत् व्यवस्थापन समिति

  काठमाडौँ, १० वैशाख । काठमाडौँ महानगरपालिका (कामपा) ले जारी गरेको विपत् व्यवस्थापन ऐन कार्यान्वयनका लागि एक   हप्ताभित्र कामपाका प्रमुखको

पुण्य गर्ने भन्दै बाल विवाह गराउने अझै सक्रिय

डोटी, ९ वैशाख । विवाहका लागि कानूनी उमेर १८ वर्ष भएता पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ

जलिरह्यो घर, सम्झिइयो दमकल !

बागलुङ, ९ वैशाख । शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार

 मुहान क्षेत्रको वाग्मती किनारबाट फोहरका ट्रक हटाउन माग

काठमाडौं । वाग्मती सफाइ महाअभियानले ३१० हप्ता नाघ्यो । मुहान क्षेत्रका दुई नगरपालिकाले अझै नदी किनारमै वर्गीकरणका नाममा फोहर थुपार्ने गरेका छन् ।