बिजुलीको महसुल नतिर्नेको तिहारमा लाइन काटियो, २३ लाख उठाईयो 

दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काटनुका साथै २३ लाख १४ हजार ७०८ असुल गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विद्युत् महशुल नबुझाउने २३३ ग्राहकको लाइन काटेर उक्त रकम असुल गरिएको केन्द्रका प्रमुख शिव गोशलीले बताए । 

नेपाल विद्युत् प्राधिकरण विद्युत महशुल सङ्कलन विनियमावली २०७३ को दफा ८ अनुसार मिटर रिडिङ गरेको २३आँै दिनदेखि ३०औं दिनसम्म विद्युत् महशुल बुझाएमा पाँच प्रतिशत, ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशत, ४१औं दिनदेखि माथि विद्युत् महशुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्नेछ । यस्तै विनियमावलीको दफा १०अनुसार मिटर रिडिङ गरेको ६०औं दिनसम्म विद्युत् महशुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटन सकिने व्यवस्था छ । 

बिग्रिएका मिटर बदली अभियान 

उक्त केन्द्रले लामो समयदेखि बिग्रेका मिटर बदली गर्ने अभियान चलाएको छ । हालसम्म यस्ता बिग्रेका करीब २५० भन्दा बढी ग्राहकको मिटर बदलिएको र यसबाट नियमित महशुल सङ्कलन पनि वृद्घि भएको प्रमुख गोशलीले बताए। चालु आव २०७५÷७६ मा यस्ता एक हजार थान मिटर बदली गर्ने उक्त केन्द्रको योजना छ । 

बेकरी पसलमा आगलागी 

राससका अनुसार विद्युत् चुहिएर आगलागी हुँदा तनहुँको दमौलीमा बिहीबार राति एक बेकरी पसलमा क्षति पुगेको छ । आगलागीबाट तनहुँको व्यास नगरपालिका–२ स्थित ग्याथु बेकरी एण्ड पेष्टी पसलमा क्षति पुगेको हो । 

बन्द रहेको पसलमा राति ८ बजे आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको केक, फ्रिज र सजावटका सामान पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। व्यास नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । 

अन्तर्राष्ट्रिय संस्थाको बोर्डमा तीन नेपाली निर्माण व्यवसायी

काठमाडौं, ३० कात्तिक । एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता संस्था (इफाप्का) को बोर्डमा नेपाली निर्माण व्यवसायी पनि चयन भएका

वाईडबडीमा कमिसन खाएको विवरण आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाल वायु सेवा निगमले निगमभित्र अहिलेसम्म भएका आर्थिक,भौतिक र प्रशासनिक अवस्थाको जानकारी दिन आज श्वेत पत्र जारी गर्ने भएको छ । खासगरी

राष्ट्र बैंकले आज ५ अर्बको रिभर्स रिपो जारी गर्दै

काठमाडौ,२९ कात्तिक ।  नेपाल राष्ट्र बैंकले आज बिहीबार ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स

मेगा बैंकको खुद मुनाफा रु ४० करोड

काठमाडौ,२९ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित