स्याङ्जाका छ जुवाडे समातिए 

स्याङ्जा । भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गए राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् । 
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् । 

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा रु ३ लाख ५६ हजार ३०० र ताससहित उनीहरूलाई पक्राउ गरको हो । पक्राउ परेका जुवाडेहरूलाई कानूनबमोजिम कारवाही गरिने उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। रासस

पोलमा विद्युत्त सर्ट भएर नजिकै रहेको घरमा आगलागी

काठमाडौ,२९ कात्तिक । काठमाडौँको ठूलो भ¥याङ्ग चोकमा विद्युत्त सर्ट भएर आगलागी भएको छ । चोकमा रहेको बिजुलीको पोलमा विद्युत्त सर्ट हुँदा बिहीबार बिहान

बस दुर्घटनामा १६ जना घाइते

कावासोती,२९ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।  दाङबाट

छिटो मुआब्जा वितरण गर्न आग्रह

बनेपा,२९ कात्तिक । बनेपा नगरपालिका वडा नं १४ साँगादेखि धुलिखेल नगरपालिकको बसपार्कसम्मको अरनिको राजमार्गअन्तर्गत सडक मापदण्डभित्र परेको भनी

अब बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय

काडमाडौँ, २८ कात्तिक । के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने,