झडपमा नौ घाइते, १० पक्राउ

 खजुरा । बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँुदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । 

गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। प्रहरीले घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो । 

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् । गाउँका युवाले मदिरासँगै लागुऔषधसमेत सेवन गरी बेलाबेलामा स्थानीयवासीलाई दुःख दिने गरेको गाउँका अगुवाहरूले बताए । रासस 

पूर्व अख्तियार प्रमुख बस्न्यात एनसेल देखि बालुवाटारको जग्गासम्म संलग्न

काठमाडौं । अख्तियार प्रमुख रहँदा एनसेलको भूमिगत संरक्षक भनी चर्चा कमाएका दीप बस्न्यातले सरकारी सम्पति हिनामिना गर्नमा महत्वपूर्ण भूमिका निभाएको

राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

सियान, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरेकी छिन् । मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका

३ लाख १५ हजार खर्च गर्दै रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्रीको शालिक

काठमाडौँ, १२ वैशाख । काठमाडौँ महानगरपालिकाले रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ

चोरीको दुई मोटरसाइकलसहित पक्राऊ

गौशाला, १२ वैशाख ।  महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–४