दुर्घटनामा परेको तारा एयर पाँच महिनापछि उड्यो

जुम्ला । दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरले जहाज मर्मत गरेर झण्डै पाँच महिनापछि उडान भरेको छ । 

गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो । आवश्यक मर्मतपछि सो जहाज बिहीबार काठमाडौँका लागि उडान भरेको छ । तारा एयरलाइन्सको ९ एन एइभी कलसाइन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थलमा पार्किङ गरेर राखिएको थियो । 

नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले विमानस्थलको धावन मार्गमा परीक्षण गरेपछि काठमाडौँका लागि जहाजले उडान गरेको बताए। 

जहाजलाई क्याप्टेन प्रभाकर घिमिरे र अर्का क्याप्टेन आइआर जोशीले उडाएका थिए। जहाज मर्मतका लागि एक महिनादेखि क्यानडा, स्विट्जरल्याण्डका प्राविधिक जुम्लामै आएर मर्मत गरेका थिए । प्रमुख शर्माले भने, “जहाज उडाउनुभन्दा अघि जहाजको अवस्थाका बारेमा परीक्षण भएको थियो, इन्जिनियर र क्याप्टेनको टोलीले जहाज उडान भर्न योग्य देखेपछि काठमाडौँका लागि उडान गरिएको हो ।” 

गत जेठ २६ गते क्याप्टेन जेके निरौला र कोपाइलट हिम्मत रोकायाले उडाएको जहाज जुम्ला विमानस्थलमा अवतरण गराउँदा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो । रासस

६९ जना कर्मचारीलाई कामपाको २४ घण्टे स्पष्टिकरण

काठमाडौ,२९ कात्तिक ।  काठमाडौं महानगरपालिकाले समयमा कार्यालय नआउने ६९ जना कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यालय समयमा अनुपस्थित

संवैधानिक इजलास हप्तामा दुई दिन मात्र बस्ने,२२३ वटा मुद्धा सुनुवाई गर्न बाँकी

काठमाडौ,२९ कात्तिक । सर्वोच्च अदालतमा संवैधानिक इजलास हप्ताको दुई दिन मङ्गलबार र बुधबार मात्र बस्ने तय भएको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू

विद्यार्थीले नै गरे विश्वविद्यालयमा आगजनी

चितवन, २८ कात्तिक । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीले आगजनी गरेका छन् । विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय

नेपाल प्रहरीलाई ‘डिजिटल गभर्नमेन्ट अवार्ड’

काठमाडौँ, २८ कात्तिक । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले