सडक दुर्घटनामा बीस घाइते

धादिङ । धादिङ चरौँदी र ससाहमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा २० घाइते भएका छन् । 

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा२ख ४२४७ नं को माइक्रो र बिपरीत दिशाबाट आउँदै गरेको बा५ख ७५० नं को आइचर एक धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदीमा एकापसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार १८ जना घाइते भएका छन् । 

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घइतेको राजमार्गस्थित सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। 

यसैगरी निलकण्ठ नगरपालिका–८ कालुपाण्डेमार्गको ससाहमा धादिङबाट मलेखुतर्फ आउँदै गरेको कारले बिपरीत दिशाबाट जाँदै गरेको बा५१प ६३३९ नं मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइतेको जिल्ला अस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सबै साधन प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

पूर्व अख्तियार प्रमुख बस्न्यात एनसेल देखि बालुवाटारको जग्गासम्म संलग्न

काठमाडौं । अख्तियार प्रमुख रहँदा एनसेलको भूमिगत संरक्षक भनी चर्चा कमाएका दीप बस्न्यातले सरकारी सम्पति हिनामिना गर्नमा महत्वपूर्ण भूमिका निभाएको

राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

सियान, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरेकी छिन् । मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका

३ लाख १५ हजार खर्च गर्दै रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्रीको शालिक

काठमाडौँ, १२ वैशाख । काठमाडौँ महानगरपालिकाले रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ

चोरीको दुई मोटरसाइकलसहित पक्राऊ

गौशाला, १२ वैशाख ।  महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–४