नेपाललाई दृष्टिहीन नेतृत्वको बिर्ता बन्नबाट बचाऔं

 यसकारण, कतै हाम्रै कारणले राजनीति स्वार्थी, लोभी, भ्रष्ट, विकाउ र दृष्टिहीनहरूको विर्ता भएको त छैन ? 
**********
१. मुलुकमा र दलहरू भित्र सिद्धान्तहीन र अवसरवादी गूटबन्दी अन्त्य गर्न र भ्रष्टाचार कम गर्न हामी सर्वसाधारणले पनि निर्णायक योगदान गर्न सक्छौं !

दलहरू भित्रका व्यक्तिहरूका गूटहरूलाई गूटबन्दी गरे भनेर आलोचना गरेकै भरमा र गूटहरू हुनुहुन्न भन्दैमा त्यस्ता गूटबन्दीहरू न रोकिन्छन् न तिनको अन्त्य हुन्छ ! 

त्यसोगर्न व्यक्ति केन्द्रित गूटहरूलाई विषय र विचार केन्द्रित गूट बन्न सघाउनु पर्दछ !
***************
२. त्यो भनेको आफ्नो विचार मिल्दोजुल्दो व्यक्तिको पक्षमा बोल्नु, लेख्नु, सामाजिक संजालमा तिनीहरूको समर्थन वा प्रशंसा गर्नु , उनीहरू उपस्थित कार्यक्रमहरूमा सहभागी हुनु वा त्यस्तो सहभागिताको लागि साथी-भाइलाई उत्प्रेरित गर्नु र कसैसँग भेटघाट गर्नु छ भने त्यही कार्यक्रमलाई त्यस्तो भेटघाटको माध्यम बनाउने गर्न हुन्छ !
**************
३. आफ्नो विचार भन्दा विपरित विचारका व्यक्तिको विरोध गर्नु वा विरोध गर्न विभिन्न कारणले सम्भव नभए त्यस्ता व्यक्तिका कार्यक्रमहरूमा उपस्थित नभएर वा उपेक्षा गरेर पनि त्यसो गर्न सकिन्छ !

पार्टीका आन्तरिक निर्वाचनहरूमा आफ्ना विचार निकट व्यक्तिहरूलाई उसको जानकारी वा गैर जानकारीमै पनि सहयोग गर्न व्यक्तिगत वा सामूहिक प्रयाश गर्नु, रणनीति निर्माण गर्नु , निजका विचार र कार्यक्रमहरूलाई सक्दो प्रचारप्रशार गर्न उपयुक्त देखिन्छ !
*************
४. स्थानीय, प्रान्तीय र केन्द्रिय तहका राष्ट्रिय निर्वाचनहरूमा होस् वा विद्यार्थी, शिक्षक वा अन्य पेशागत वा ट्रेड युनियनका निर्वाचनहरूमा पनि त्यस्तो रणनीति अङ्गिकार गर्न सकिन्छ !

उदाहरणकोलागि आफू राष्ट्रिय एकता र अखण्डताको प्रवल समर्थक हो र संघियता विरोधी हो भने संघियताका उग्रसमर्थक उम्मेदवारलाई सहयोग नगर्न र अन्तरमनले संघियता विरोधीहरूलाई त्यसरी सहयोग गर्न आरम्भ गरेमा राजनीति अहिले जस्तो दिशाविहीन बन्दैन !

५. व्यक्ति स्वतन्त्र हुन राष्ट्रिय जीवनमा पनि स्वतन्त्रताका मूल्यहरूलाई निरूपण र निरोपण पनि त गर्नु पर्यो नी !

आफ्ना प्रतिनिधिहरूलाइ ती मूल्यहरू प्रति सचेत, इमान्दार र प्रतिवद्ध बनाउनु पर्यो नी ! नत्र त अवसरवादी हुन्छन् नै !
***********
६. आर्थिक उदारवाद वा राज्य नियन्त्रित अर्थतन्त्र अर्थात सोझो अर्थमा समाजवाद र पूँजीवादका हकमा पनि त्यसै गर्न सकिन्छ !
धर्ममा आस्था हुनेले इश्वर नमान्नेलाई किन भोट दिने ?

धर्म , परम्परा र संस्कृति विरोधी व्यक्तिहरूलाई सहयोग नगर्न पर्यो नी त !

उग्रगणतन्त्रवादी, वाध्यात्मकरूपमा वा लहै लहैमा गणतन्त्रवादी हुनुपरेका मध्ये पनि त आफू निकट विचार राख्नेलाई रोज्न र सहयोग गर्न सकिने भयो !
**************
७. अन्तर्राष्ट्रिय महत्वका विषयहरूलाई त्यसरी नै सम्वोधन गर्न सकिन्छ ! 
***************
८. अन्य सामाजिक मुद्दाहरू जस्तो गर्भ पतन समर्थक वा विरोधी, आरक्षण समर्थक वा विरोधी, नागरिकता वितरणमा दह्रो राष्ट्रिय नीतिको पक्ष वा विपक्ष जस्ता विषयलाई दल भित्र वा अन्य क्षेत्रमा क्रमश प्रवेश गराएर त्यसको पक्ष वा विपक्षमा दह्रो दृष्टिकोण प्रस्तुत गरेर हामी राजनीतिमा विचारहरूलाई निर्णायक हैसियत दिन सक्दछौं !

अनि राजनीतिमा सुधार आरम्भ हुन्छ र राष्ट्र र समाज अघि बढ्छ !
***********
९. समाज विचारविहीन भयो भने, मतदाताहरू आफैँ विचार र दृष्टिबिहीन भए भने, आफ्ना राष्ट्रिय मूल्यहरूबारे जागरुक र प्रतिवद्ध भएनन् र राजनीतिमा आफ्ना प्रतिनिधिहरू मार्फत ती मूल्यहरूलाई स्थापना गर्नमा रूची राख्दैनन् भने राजनीतिले कसरी दिशा र गति लिन्छ र ?
अनि उनीहरूलाई स्वतन्त्र राष्ट्र चाहिनुको औचित्य पो कसरी पुष्टि हुन्छ र ?

राष्ट्रिय प्रभुसत्ता आफैं अर्थहीन हुन पुग्दैन र ? 
*************
१०. जव राजनीति व्यक्तिबाट विषय र विचारसँग जोडिन्छ अनि राजनीतिमा भ्रष्टाचार पनि निरुत्साहित हुन्छ !

११.  मुलुक यो अवस्थामा छ, किनकि हामीले पनि मुलुक प्रतिको दायित्व निर्वाह गरिरहेका छैनौ र राजनीतिले जता बगायो त्यतै बगिरहेका छौं !
हामी विचारविहीन छौं त्यसैले राजनीति विचारविहीन छ !

हामी हरक्षण राष्ट्रको बारेमा , समाजको उन्नति र प्रगतिको बारेमा विचार निर्माण गरिरहन्छौं भने, 

ती विचारहरूलाई सम्प्रेषण गरिरहेका हुन्छौं भने,

तिनलाई आपसमा जोडि रहेका हुन्छौं भने,

राजनीति यस्तो रहिरहन सक्दै सक्दैन !
**********
यसकारण, कतै हाम्रै कारणले राजनीति स्वार्थी, लोभी, भ्रष्ट, विकाउ र दृष्टिहीनहरूको विर्ता भएको त छैन ? 

यो प्रश्न हामी आफैंलाई हो !!

(फेसबुकमा केशबप्रसाद भट्टराई)

 ‘मदन भण्डारी बाँचेका भए जनयुध्द हुने थिएन’–प्रचण्ड

म्याग्दी ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले सहकार्य गर्न तत्कालिन एमाले नमाने पछि आफूहरु जनयुध्दमा होमिएको

 प्रचण्डले कति नांगिन मिल्ने ?

काठमाडौं । दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण पर्वहरु सम्पन्न भएका छन् । यी पर्वले नेपालीलाई परिवार र गाउँसँग अपडेट गराएका छन् । पर्व मनाएर परिवारका

शिक्षा नीति परिवर्तन आवश्यक : दाहाल

म्याग्दी, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी

बैतडीमा नेकपाको समायोजनको काम टुङ्गियो

बैतडी,२८ कात्तिक ।  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको बैतडीमा पार्टी समायोजनको काम टुंगो लागेको छ । पार्टी जिल्ला