६ बलमा ४३ रन ? न्यूजिल्याण्डमा बन्यो विश्व किर्तिमान

 

क्रिकेटको खेलमा एकै ओभरमा ६ वटा छक्का प्रहार गर्ने किर्तिमान टि–२०, एकदिवसिय अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटहरुमा धेरै नै बनिसकेका छन् ।

तर न्यूजिल्याण्डको घरेलु क्रिकेटमा एउटा अद्भुद किर्तिमान कायम भएको छ । एकै ओभरमा ४३ रनको ।

न्यूजिल्याण्डको घरेल टोली नर्दन डिस्ट्रीकका जो कार्टर र ब्रेट ह्याम्पटनको जोडीले ब्याटिङ गर्ने क्रममा नोबलमा पनि छक्का प्रहार गर्दै कुल ६ छक्का, १ चौका, एक रन र २ नोबल सहित एक ओभरमा ४३ रन लिएपछि घरेलु एकदिवसिय क्रिकेटमा किर्तिमान कायम भएको हो ।

ह्यामिल्टन शहरमा यसरी किर्तिमानमा सहभागी हुने तथा रन व्योहोर्ने खेलाडि चाहिं सेन्ट्रल डिस्ट्रीकका खेलाडि विलेम लुडिक हुन् । लुडिक साउथ अफ्रिकामा जन्मेका तिब्र गतिका बलर हुन् ।

विश्व किर्तिमानले हौसिएका ह्याम्पटन भन्छन्, ‘उक्त ओभर हाम्रा लागि विशेष थियो । त्यति बेला बल हेर अनि प्रहार गर भने जस्तो थियो । त्यसमाथी केहि नोबल पनि आउँदा हामीलाई थप सहज भयो ।’

यसअघि लिस्ट ए क्रिकेटमा एकै ओभरमा ३९ रन आएको इतिहास थियो । बंगलादेशमा घरेलु क्रिकेट लिग खेल्ने क्रममा जिम्बाब्वेका इल्टन चिगम्बुराले शेख जमाल धनमण्डी विरुद्ध उक्त रन बनाएका थिए ।

हुनत न्यूजिल्याण्डको प्रथम श्रेणीको क्रिकेटमा नियतवश नतिजा फरक पार्न खेलाडि बर्ट भेन्सले अन्तिम दिनको खेलमा ७७ रन दिएर किर्तिमान राखेका थिए । त्यस्तै बंगलादेशमा पनि क्लब स्तरीय क्रिकेटमा खेल मिलेमतो गर्दै एकै ओभरमा ९२ रन दिएर किर्तिमान राखेका थिए । तथापी उक्त बलरलाई पछि दोषी पाइएपछि १० वर्षको खेल प्रतिबन्ध लगाइएको थियो ।

हालसम्म लिस्ट ए, एकदिवसिय, टि–२०, टि–२० अन्तर्राष्ट्रिय र प्रथम श्रेणीको क्रिकेटमा ६ बलमा ६ छक्का प्रहार गर्ने किर्तिमान बनेपनि टेष्ट क्रिकेटमा भने यो किर्तिमान बन्न सकेको छैन । टेष्ट क्रिकेटमा अहिले सम्म एकै ओभरमा २८ रन लिने किर्तिमान २ चोटी बनेको छ ।

पहिलो पटक वेष्ट इन्डीजका ब्रायन लाराले साउथ अफ्रिकाका रोविन पिटर्सनको ओभरमा २८ रन लिएका थिए भने दोश्रो पटक अष्ट्रेलीयाका जर्ज बेलीले इंग्ल्याण्डका बलर जेम्स एन्डर्सनलाई एसेजको क्रममा २८ रन प्रहार गरेका थिए ।

 

कठिन अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं, १२ चैत । भारतमा अभ्यासरत नेपाली यू–१९ क्रिकेट टोलीले कठिन जित हात पारेको छ । आज भएको खेलमा भारतको आन्ध्र प्रान्तको यू–१९ क्रिकेट टोलीलाई

घाइते रोनाल्डो भन्छन्,  ‘छिट्टै खेलमा फर्किन्छु ’

एजेन्सी । युभेन्टस र पोर्चुगल राष्ट्रिय टोलीका स्टार क्रिस्टियानो रोनाल्डो खेलको क्रममा घाइते भएका छन् । सोमबार राती भएको पोर्चुगल र सर्बियाबिचको

आज नेपाल भर्सेस अफगानिस्तान 

काठमाडौँ, १२ चैत । एएफसी यु–२३ च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल र अफगानिस्तान भिड्दैछन् । प्रतियोगिताबाट बाहिरिइ सकेको दुबै

अश्विनले विवादास्पद रुपमा बटलरलाई आउट पारेपछि..

एजेन्सी । सोमबार राती इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको किंग्स ११ पंजाब र राजस्थाल रोयल्स बिचको खेलमा जोश बटलर आउट भएको विषय विवादित बनेको छ