यूवा खेलाडीले यसरी सफल बनाए पाकिस्तानलाई

आतंकवादले सताइरहेको पाकिस्तानको क्रिकेटले अहिले टि–२० स्वरुपको खेलमा पाएको सफलताले विश्वलाई चकित पारेको छ । हालसालै अष्ट्रेलीया र न्यूजिल्याण्डलाई हराएर लगातार ११ वटा सिरिज जितेपछि विश्व क्रिकेटको ध्यान पाकिस्तानमा केन्द्रित भएको छ ।

पछिल्लो समय खेलिएका खेलहरुमा पाकिस्तानी खेलाडिले देखाएको जाँगर र कौशलको कारण के होला भन्ने जिज्ञाशा बढ्दो क्रममा रहेको छ ।

पाकिस्तानका पूर्व कप्तान रमिज राजा यो सफलताको मुल कारण विजेता मानसिकता रहेको बताउँछन् । उनि भन्छन् , ‘टि–२० क्रिकेट त हाम्रो डिएनए मै छ । तर हाम्रो सफलताको पछाडि फिटनेश र कौशलको लागि गरिएको मेहनतको ठुलो हात रहेको छ । पाकिस्तान क्रिकेटको यो स्वरुपमा राम्रो टोली हो । ’

रमिजको यो भनाइलाई तथ्यांकले पनि पुष्टी गरिरहेको छ । पछिल्लो दुई वर्षमा पाकिस्तानले ३१ वटा खेलमा विपक्षीलाई अलआउट पारेको छ भने ४४ खेलमध्ये ४० पटक १५० वा कम रनको रक्षा गरेको छ । जसमध्ये ३ वटा खेलमा मात्र पाकिस्तान हार्यो भने एउटा खेल बराबरी भएको थियो ।

पाकिस्तानले गत आइतबार न्यूजिल्याण्डलाई हराएपछि लगातार ९ खेल जित्ने किर्तिमान पनि कायम गरेको छ । प्रतिस्पर्धात्मक खेल जितेपछि पाकिस्तानले हालसम्मकै लगातार ९ खेल जित्ने किर्तिमान पहिलो पटक कायम गर्न सफल भयो ।

रमिज भन्छन्, ‘पाकिस्तानले टि–२० लाई गम्भिर रुपमा लिएको छ र सधैंजसो नियमित खेलाडिहरु लिएर नै खेल्ने गरेको छ । ’

पाकिस्तानको बलिङ सटिक हुनुमा फिल्डीङको ठुलो हात रहेको छ । यो किर्तिमानको बिचमा पाकिस्तानी खेलाडिले पछिल्लो २८ खेलमा २५ रन आउट पार्नुले पनि पाकिस्तानको टि–२० क्रिकेटमा बर्चश्व कायम गर्न फिल्डीङ ठुलो हात रहेको पुष्टी हुन्छ ।

टि–२० क्रिकेटको सुरुवात देखि राम्रो गर्दै आएपनि सन् २०१६ को टि–२० विश्वकपको पहिलो चरणबाट बाहिरिएपछि पाकिस्तानले सर्फराज अहमदलाई नयाँ कप्तान बनायो भने साउथ अफ्रिकाका सफल प्रशिक्षक मिक्की आर्थरलाई प्रशिक्षक नियुक्त गरेको थियो । त्यस्तै इन्जमान उल–हकले प्रमुख छनौट कर्ताको रुपमा आएर युवा खेलाडि छनौटमा कुनै पूर्वाग्रह नराखेपछि पाकिस्तानी क्रिकेटको मुहार नै फेरिएको छ ।

सन् २०१६ पछि हालसम्म पाकिस्तानले खेलेको ३३ टि–२० खेलमा २९ मा विजयी भएको छ । यो वर्ष मात्रै सर्फराज अहमदको यूवा टोलीले १९ खेल खेलेकोमा १७ खेलमा विजयी भएको छ ।

त्यस्तै लेजेन्ड क्रिकेटर वाकार युनुस पाकिस्तानको सफलताका रहस्य उजागर गर्दै भन्छन्, ‘टि–२० यसरी सफल हुनुको मुख्य कारण युवा शक्ति नै हो । ’ उनि थप्छन्, ‘युवा खेलाडिमा सफलताको भोक हुन्छ, सोही कारण उनिहरु कडा मेहनत गर्छन् र सफलता हात पार्छन् । यहि कारणले नै पाकिस्तान क्रिकेटको मुहार परिवर्तन भएको हो । ’

वाकारको भनाइ पाकिस्तानी खेलाडिहरुको उमेरले पनि पुष्टी गर्छ । अहिले पाकिस्तानको बलिङको अभिभारा सम्हालिरहेका शाहिन शाह अफ्रिदी १८ वर्षका भए । हालसालै दुबईमा न्यूजिल्याण्ड विरुद्धको खेलमा ३ विकेट लिएका उनि टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ विकेट लिने सबैभन्दा यूवा खेलाडि बन्न सफल भए ।

त्यस्तै टि–२० को विश्व वरियतामा एक नम्बरमा रहेका २४ वर्षिय बबर आजाम टि–२० मा सबैभन्दा छिटो एक हजार रन बनाउने खेलाडि बने । उनले उक्त किर्तिमान बनाउने क्रममा भारतका विराट कोहलीको किर्तिमान तोडेका थिए ।

त्यस्तै टि–२० मा शानदार प्रदर्शन गरिरहेका हसन अलि र फहिम अश्रफ पनि २४ वर्षकै हुन् भने लेग स्पीनर शदाब खान २० वर्षका भए ।

कप्तान शर्फराज भन्छन्, ‘हाम्रो टोली युवा छ र हाम्रो फिल्डीङ अब्बल भएको छ , यहि प्रमुख भिन्नताको कारणले नै हाम्रो टोलीलाई राम्रो बनाएको छ ।’ उनि थप्छन् , ‘हामीले युवालाई अघि ल्यायौं र सोचे अनुरुप नतिजा पायौं । हामी अझै माथीसम्म जान चाहन्छौं र त्यस स्थानलाई कायम राख्न चाहन्छौं । ’ (एजेन्सीको सहयोगमा)

कठिन अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं, १२ चैत । भारतमा अभ्यासरत नेपाली यू–१९ क्रिकेट टोलीले कठिन जित हात पारेको छ । आज भएको खेलमा भारतको आन्ध्र प्रान्तको यू–१९ क्रिकेट टोलीलाई

घाइते रोनाल्डो भन्छन्,  ‘छिट्टै खेलमा फर्किन्छु ’

एजेन्सी । युभेन्टस र पोर्चुगल राष्ट्रिय टोलीका स्टार क्रिस्टियानो रोनाल्डो खेलको क्रममा घाइते भएका छन् । सोमबार राती भएको पोर्चुगल र सर्बियाबिचको

आज नेपाल भर्सेस अफगानिस्तान 

काठमाडौँ, १२ चैत । एएफसी यु–२३ च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल र अफगानिस्तान भिड्दैछन् । प्रतियोगिताबाट बाहिरिइ सकेको दुबै

अश्विनले विवादास्पद रुपमा बटलरलाई आउट पारेपछि..

एजेन्सी । सोमबार राती इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको किंग्स ११ पंजाब र राजस्थाल रोयल्स बिचको खेलमा जोश बटलर आउट भएको विषय विवादित बनेको छ