किन भनियो गोवर्धन पूजा

🌹  गोवर्धन पूजको दिन तिहार ९यम पञ्चक०को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा      गरिन्छ।

🌹  आजकै दिन गोरूको पनि पूजा गरिन्छ।

🌹  तिहारको चौथो दिन यो चाड पर्दछ।

🌹  यस पर्वलाई गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा पनि भनिन्छ।

🌹  गोवर्धन पूजा हिन्दुहरूको एउटा प्रमुख पर्व हो।

🌹  हिन्दू पौराणिक कथन अणुसार गोवर्धन गोकुल नजीकै रहेको एक पर्वत हो। विश्वासानुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे।

🌹  गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए।

🌹  कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी, दाउरा इत्यादी दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो       हुने कुरा राख्छन् र सवैजना त्यसै गर्न राजी हुन्छन्।

🌹  गोवर्धन पर्वतको पूजा हुन्छ।

🌹  आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई            हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन्।

🌹  अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष इन्द्रले क्षमा माग्दछन्।

🌹   भनिन्छ, त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो।

🌹   संस्कृतमा गौ भनेको गाई हो, त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ।
      - रामचन्द्र घिमिरेबाट 

प्रसिद्ध धर्मगुरु शिवकुमार स्वामीको १११ बर्षमा निधन

नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा सोमबार १११ बर्षका धर्मगुरु शिवकुमार स्वामीको निधन भएको छ । उनलाई शिद्धगंगा मठका स्वामीका रुपमा

 श्रीस्वस्थानी व्रतकथा सोमबारदेखि

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ । स्वस्थानी

सुन्दर हुन रहर छ ? बुझौं सौन्दर्यको अर्थ  

सौन्दर्य प्रसाधनको बिषयमा प्रश्न छ। वास्तविकतालाई सजावटले रोकेको हुन्छ। बाहिरबाट हामी सजाउँछौं । तर भित्र कस्तो छ? उसको वास्तविक स्वरुप कस्तो छ?

ग्रहले कसैलाई माफ गर्दैन, यस्तो छ कारण

ग्रह दशाहरु भनेको के हो ? ग्रहहरुको प्रभावहरु हुन्छ कि हुँदैन ? अस्तित्वमा जे–जे छ, त्यसको प्रभाव हुनु त स्वाभाविक हो । यदि यो सौर्यमण्डलमा ग्रहहरु छन्