लक्ष्मी पूजा गर्दा आगो लागेर  बिष्णुको ११ लाख क्षति 

भादगाउँ । मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा ११ लाख बराबरको सामान क्षति भएको हो । 

लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए। “सोही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आएका ढुङ्गेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो”, उनले भने। 

आगलागीबाट करीब १० तोला सुन, नगद पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए।करीब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करीब ९ बजे निभाइएकोे थियो । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। रासस

 अस्पष्ट \'स्मार्ट’ लाईसेन्सले सेवाग्राही पीडित 

  ललितपुर, ७ माघ । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उहाँ अनुमतिपत्र

चेपाङ किशोरीमाथि ‘जबरजस्ती’

चितवन, ७ माघ । राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो

वन्यजन्तुको जोगाउन सेनाको ‘अपरेशन महाहण्ट’

भीमदत्तनगर, ७ माघ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक

सेवा समूहलाई ७ दिनभित्र समायोजन गर्न परिपत्र

काठमाडौँ, ७ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूह भएका कार्यालयलाई सात दिनभित्र समायोजन