यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा

काठमाडौं । थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ । 

एशियाली फुटबल महासङ्घ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन् । उक्त छनौट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ । अघिल्लो संस्करणको छनौट चरणको खेलमा नेपाली यु–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो । 

छनौट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनौट हुनेछन् । उक्त च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुनेछ । रासस

मितालीले तोडिन् विराट र रोहितको रेकर्ड

काठमाडौं । विश्व क्रिकेटमा यतिबेला उत्कृष्ट मानिएका खेलाडी हुन, भारतीय क्याप्टेन विराट कोहली र रोहित शर्मा । तर, अर्की भारतीय क्रिकेटरले उनीहरुलाई

‘सी’ डिभिजन लिगका लागि प्रत्येक क्लबलाई चार लाख

काठमाडौं, ३० कात्तिक । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि प्रत्येक क्लबलाई चार लाख रुपैयाँ प्रदान गरिने भएको छ । अखिल नेपाल

क्रिकेटर दिल्सान अब राजनीतिमा

२९ कात्तिक । श्रीलंकाका पूर्व क्रिकेटर तिलकरत्ने दिल्सान राजनीतिमा प्रवेश गरेका छन् । दिल्सानले बुधबार माहिन्दा राजापाक्षेको पार्टीमा सहभागी भएर

एबी डेभिलियर्सले हाने ३१ बलमा ९३ रन

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको ६ महिनापछि दक्षिणी अफ्रिकी क्रिकेटर एबी डेभिलियर्स पुनः क्रिजमा आएका छन् । दक्षिण अफ्रिकामा