किन गरिन्छ गाई, गोरु र गोवर्धन पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । 

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । 

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। 

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । 

गोवर्धन पूजा

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन  पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्धन  पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन  पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । 

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ । रासस

 अस्पष्ट \'स्मार्ट’ लाईसेन्सले सेवाग्राही पीडित 

  ललितपुर, ७ माघ । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उहाँ अनुमतिपत्र

चेपाङ किशोरीमाथि ‘जबरजस्ती’

चितवन, ७ माघ । राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो

वन्यजन्तुको जोगाउन सेनाको ‘अपरेशन महाहण्ट’

भीमदत्तनगर, ७ माघ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक

सेवा समूहलाई ७ दिनभित्र समायोजन गर्न परिपत्र

काठमाडौँ, ७ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूह भएका कार्यालयलाई सात दिनभित्र समायोजन