जेब्रा क्रसिङ सिकाउन पनि देउसीभैलो

काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना गरेको छ । 

महाशाखाले ‘सडक सभ्यता कायम राखौँ’, ‘लेन अनुशासन कायम राखौँ’, ‘मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ’, ‘जेब्रा क्रसिङबाट बाटो काटौँ’लगायत ट्राफिक जनचेतनामूलक गीत समावेश गरेर देउसीभैलोको आयोजना गरेको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आमजनतालाई ट्राफिक अनुशासन सिकाउन देउसीभैलो कार्यक्रमको आयोजना गरेको जानकारी दिए। “उपत्यकामा सवारी साधनको मात्रा बढ्दै गएको र सडक सभ्यता कायम गर्न मद्दत पु¥याउने उदेश्यले देउसीभैलो कार्यक्रम आयोजना गरेका हौँ,”–उनले भने । 

विगतका वर्षमा अडियोमार्फत एफएमबाट गीत प्रशारण गर्दै आएको महाशाखाले यसवर्ष भिडियोमार्फत पनि देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो । महाशाखाका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । रासस

लालपूर्जा नहुँदा घरबास उठ्ने चिन्ता

वीरगञ्ज, ११ चैत । पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि ईन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपुर्जा देख्नसमेत पाएका छैनन् । “आफ्नै

 मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

अछाम । मंगलसेन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल

छोराछोरीलाई रोगबाट मुक्त पार्न क्रिस्चियन बन्दा...

मार्तडी, ७ चैत । बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपाङ्गताले थलिएका छन् । जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरु

 देश बदल्छु भन्थे आफैं बदलिए: पहिला पेस्तोल अब हातमा फरुवा !

लमही । तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा । वर्षौंदेखि बाँझो । त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन् । ती खाँबासँगै भर्खरै बिरुवा